عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«أَقْرَبُ مَا يَكُونُ الْعَبْدُ مِنْ رَبِّهِ وَهُوَ سَاجِدٌ، فَأَكْثِرُوا الدُّعَاءَ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 482]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
" मानिस आफ्नो ईश्वर देखि सबैभन्दा नजिक सजदा गर्दाको हालतमा हुँदा हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नु।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 482]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सेवक जब सजदामा हुन्छ, तब ऊ आफ्नो परमेश्‍वर को सबैभन्दा नजिक हुन्छ, किनभने सेवकले आफ्नो शरीरको सबैभन्दा उच्च र सम्मानजनक भागलाई भुइँमा राख्छ र अल्लाहको अगाडि नम्रता व्यक्त गर्दछ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दाको अवस्थामा सकेसम्म धेरै भन्दा धेरै प्रार्थना गर्न आदेश दिनुभएको छ, ताकि व्यक्तिले अल्लाहसामु शब्द र कार्य दुवै मार्फत आफ्नो नम्रता व्यक्त गरोस् ।

हदीसका केही फाइदाहरू

  1. पुण्य कर्मले सेवकको अल्लाहसँग निकटता बढाउँछ ।
  2. सजदाको अवस्थामा अत्यधिक दुआ गर्नु मुस्तहब हो । किनकि यो दुआ (प्रार्थना) स्वीकृत हुने अवसरहरु मध्ये एक हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप