عَنْ عَبْدِ اللَّهِ بنِ مَسْعُودٍ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: قَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَيْسَ مِنَّا مَنْ لَطَمَ الخُدُودَ، وَشَقَّ الجُيُوبَ، وَدَعَا بِدَعْوَى الجَاهِلِيَّةِ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1294]
المزيــد ...
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) भन्नु हुन्छ: नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:
त्यो मान्छे हामीमध्ये होइन, जो गालामा थप्पड हान्छ, लुगा च्यात्छ र जाहिलियत (अज्ञानताको समय) जस्तै गाली गर्छ।
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1294]
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले जाहिलियत (अज्ञानताको समय) का केही कामहरूबाट सचेत गर्नु भएको छ : उहाँले भन्नुभयो: यीनीहरु हामीहरूमध्ये होइनन् :
१- गालामा थप्पड हान्नेहरू, उहाँले विशेष गरी गालाको थप्पडको बारेमा उल्लेख गर्नुभयो किनभने यस्ता अवसरहरूमा सामान्यतया गालामा थप्पड हानिन्छ। अन्यथा, अनुहारको बाँकी भागमा हिर्काउनु पनि निषेध गरिएको छ।
२- रिसाएको बेला आफ्नो कलर र गला च्यात्ने व्यक्ति।
३- अज्ञानता युगका मानिसहरू जस्तै हाइ हाइ र बर्बाद भयो भनेर विलाप गर्नु वा (छाती पिटेर) शोक व्यक्त गर्नु आदि।