عن عائشة رضي الله عنها قالت:
سَأَلَ أُنَاسٌ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَنِ الْكُهَّانِ، فَقَالَ لَهُمْ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «لَيْسُوا بِشَيْءٍ» قَالُوا: يَا رَسُولَ اللهِ، فَإِنَّهُمْ يُحَدِّثُونَ أَحْيَانًا بِالشَّيْءِ يَكُونُ حَقًّا، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «تِلْكَ الْكَلِمَةُ مِنَ الْحَقِّ يَخْطَفُهَا الْجِنِّيُّ فَيَقُرُّهَا فِي أُذُنِ وَلِيِّهِ قَرَّ الدَّجَاجَةِ، فَيَخْلِطُونَ فِيهَا أَكْثَرَ مِنْ مِائَةِ كَذْبَةٍ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6213]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:
केही मानिसहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ज्योतिषीहरूको बारेमा सोधे अनि उहाँले भन्नुभयो: "ती मानिसहरूले भनेको कुरामा कुनै सत्यता छैन ।" सोध्ने मानिसहरूले भने: हे अल्लाहको रसूल! यिनीहरूले कहिलेकाहीँ यस्ता कुराहरू सुनाउँछन् जुन सत्य साबित हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6213]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भविष्यको बारेमा गैबका अदृश्य कुराहरू बताउने ज्योतिषीहरूको बारेमा सोधिएको थियो, उहाँले भन्नुभयो: तिनीहरूको बारेमा सचेत रहनु, तिनीहरूका वचनको पालन नगर र तिनीहरूको मामिलाको वास्ता नगर ।
यो सुनेर सहाबाले भने, कहिलेकाहीँ उनको भनाइ सही साबित हुन्छ । जस्तै तिनीहरू भन्छन्, फलानो महिनाको यो दिनमा यस्तो घटना हुनेछ र त्यसपछि तिनीहरूले भने झैं त्यो घटना हुन्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: वास्तवमा जिन्नहरूले आकाशबाट समाचार सुन्छन् अनि भविष्यको बारेमा बताउने आफ्ना साथीहरू अर्थात् भविष्यवक्ताहरूलाई सुनाउछन् त्यसपछि ज्योतिषीले एउटा सच साँचो कुरामा सयौं झूटहरू मिसाउँछन् ।

हदीसका केही फाइदाहरू

  1. ज्योतिषीहरूलाई विश्वास गर्न निषेध गरिएको छ र कहिलेकाहीँ एकाध सत्य बाहिर आए पनि ऊ झुटो हो ।
  2. नबी (सल्लल्लाहु अलैहि व सल्लम) को पैगम्बर बनाएर पठाइए बाट नै आकाशलाई शैतानहरू बाट सुरक्षित बनाइएको छ
  3. त्यसपछि उनीहरुलाई केही समाचार सुन्न सम्भव रहेन । हो, कसैले गुपचुप सुनेर ताराको मारबाट सुरक्षित रह्यो भने त्यो अर्कै कुरा हो ।
  4. जिन्नले केही निश्चित व्यक्तिलाई आफ्नो साथी बनाउँछन् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप