+ -

عن عائشة رضي الله عنها قالت:
سَأَلَ أُنَاسٌ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَنِ الْكُهَّانِ، فَقَالَ لَهُمْ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «لَيْسُوا بِشَيْءٍ» قَالُوا: يَا رَسُولَ اللهِ، فَإِنَّهُمْ يُحَدِّثُونَ أَحْيَانًا بِالشَّيْءِ يَكُونُ حَقًّا، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «تِلْكَ الْكَلِمَةُ مِنَ الْحَقِّ يَخْطَفُهَا الْجِنِّيُّ فَيَقُرُّهَا فِي أُذُنِ وَلِيِّهِ قَرَّ الدَّجَاجَةِ، فَيَخْلِطُونَ فِيهَا أَكْثَرَ مِنْ مِائَةِ كَذْبَةٍ».

[صحيح] - [متفق عليه]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः
केही मानिसहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ज्योतिषीहरूको बारेमा सोधे अनि उहाँले भन्नुभयो: "यी मानिसहरूले भनेको कुरामा कुनै सत्यता छैन ।" मानिसहरूले भने: हे अल्लाहको रसूल! यिनीहरूले कहिलेकाहीँ यस्ता कुराहरू सुनाउँछन् जुन सत्य साबित हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।"

सही - बुखारीले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भविष्यको बारेमा अदृश्य कुराहरू बताउने ज्योतिषीहरूको बारेमा सोधिएको थियो, उहाँले भन्नुभयो: तिनीहरूको बारेमा ध्यान नदेऊ, तिनीहरूका वचनहरूको पालन नगर र तिनीहरूको मामिलाहरूको वास्ता नगर ।
यो सुनेर सहाबाले भने, कहिलेकाहीँ उनको भनाइ सही साबित हुन्छ । जस्तै तिनीहरू भन्छन्, फलानो महिनाको यो दिनमा यस्तो घटना हुनेछ र त्यसपछि तिनीहरूले भने झैं त्यो घटना हुन्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: वास्तवमा के हुन्छ भने जिनहरूले स्वर्गको समाचार सुन्छन् अनि भविष्यको बारेमा बताउने साथीसँग साझा गर्छन् र त्यसपछि ज्योतिषीले एउटा सचमा सयौं झूटहरू मिसाउँछन् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. ज्योतिषीहरूलाई विश्वास गर्न निषेध गरिएको छ र कहिलेकाहीँ एकाध सत्य बाहिर आए पनि ऊ झुटो हो ।
  2. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को दुतत्वपछि आकाशलाई शैतानहरूबाट सुरक्षित गरिएको थियो । त्यसपछि उनीहरुलाई केही समाचार सुन्न सम्भव भएन । हो, कसैले गुपचुप सुनेर ताराको मारबाट सुरक्षित रह्यो भने त्यो अर्कै कुरा हो ।
  3. जिनले केही निश्चित व्यक्तिलाई आफ्नो साथी बनाउँछन् ।
थप