हदीसहरूको सूची

त्यो व्यक्ति हामी मध्ये होइन, जसले अशुभ शगुन मान्यो वा जसको लागि अशुभ शगुन लिइएको छ, जसले ज्योतिषीको काम गर्यो वा जसको लागि ज्योतिषीको काम गराइयो, जसले जादू गर्यो वा जसको लागि जादू गराइयो
عربي अंग्रेजी उर्दू
यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।
عربي अंग्रेजी उर्दू
त्यसपछि उहाँले भन्नुभयो: "हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनु, किनकि तिमीभन्दा अघिका मानिसहरू धर्ममा अतिवादका कारणले नै नष्ट भएका थिए।
عربي अंग्रेजी उर्दू
कुनै (रोग) संक्रामक हुँदैन र कुनै चरा अशुभ छैन । उल्लू र सफर महिनाको कुनै दोष छैन । कुष्ठ रोगीबाट त्यसरी नै भाग, जसरी तिमी बाघबाट भाग्छौ ।
عربي अंग्रेजी उर्दू
त्यो मान्छे हामीहरूमध्ये होइन जो गालामा थप्पड हान्छ, (अनावश्यक) लुगा च्यात्छ र जाहिलियत (अज्ञान कालिन समय)को जस्तो कुनै शब्द बोल्छ ।
عربي अंग्रेजी उर्दू