عَنْ ابْنِ عَبَّاسٍ رضي الله عنهما قَالَ:
قَالَ رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ غَدَاةَ الْعَقَبَةِ وَهُوَ عَلَى نَاقَتِهِ: «الْقُطْ لِي حَصًى» فَلَقَطْتُ لَهُ سَبْعَ حَصَيَاتٍ، هُنَّ حَصَى الْخَذْفِ، فَجَعَلَ يَنْفُضُهُنَّ فِي كَفِّهِ وَيَقُولُ: «أَمْثَالَ هَؤُلَاءِ فَارْمُوا» ثُمَّ قَالَ: «أَيُّهَا النَّاسُ، إِيَّاكُمْ وَالْغُلُوَّ فِي الدِّينِ، فَإِنَّما أَهْلَكَ مَنْ كَانَ قَبْلَكُمْ الْغُلُوُّ فِي الدِّينِ».

[صحيح] - [رواه ابن ماجه والنسائي وأحمد] - [سنن ابن ماجه: 3029]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अक्बाको बिहान आफ्नो ऊँटमा सवारी भएको अवस्थामा भन्नुभयो: "मेरो लागि केही स-साना ढुङ्गाहरू लिएर आऊ।" मैले उहाँको लागि चनाको दाना बराबरका सातवटा ढुङ्गाहरू ल्याइदिएँ। उहाँले ती ढुङ्गाहरूलाई आफ्नो हत्केलामा राखेर हल्लाउँदै भन्नुभयो: "यस्तै साना ढुङ्गाहरूले हान्नु।" त्यसपछि उहाँले भन्नुभयो: "हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनु, किनकि तिमीभन्दा अघिका मानिसहरू धर्ममा अतिवादका कारणले नै नष्ट भएका थिए।"

[सही] - [अबू दाउद, निसाई र अहमदले वर्णन गरेका छन्] - [सुनन् इब्ने माजह - 3029]

व्याख्या

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, हज्जतुल-वदाअ (अन्तिम हज) को अवसरमा कुर्बानीको दिन; ठूलो जमरातलाई ढुङ्गाले हान्ने दिनको बिहान उनी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए । उहाँले उनलाई जमरातका लागि ढुङ्गाहरू सङ्कलन गर्न आदेश दिनुभयो, उनले उहाँको लागि सातवटा ढुङ्गाहरू जम्मा गरे । ती प्रत्येक ढुङ्गा चनाको दाना आकारका थिए । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ती ढुङ्गाहरूलाई आफ्नो हत्केलामा राखेर हल्लाउनु भयो र भन्नुभयो: "यही आकारको ढुङ्गा हान्नु।" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले धार्मिक मामिलामा अतिवादबाट टाढा रहन र तोकिएको सीमा उल्लङ्घन नगर्न चेतावनी दिनुभयो, किनभने पहिलेका समुदायहरू धर्ममा अतिशयोक्ति र अतिवादकै कारणले नष्ट भएका थिए। ।

हदीसका केही फाइदाहरू

  1. धर्ममा अतिशयोक्ति निषेध छ । यसको नराम्रो परिणाम हुन्छ र यसले विनाश निम्त्याउँछ भन्ने कुरा उल्लेख गरिएको छ ।
  2. अघिल्लो समुदायका गल्तीहरूबाट जोगिन हामीले उनीहरूबाट पाठ सिक्नुपर्छ ।
  3. यसमा सुन्नतको अनुसरण गर्न प्रोत्साहन दिइएको छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (55)
थप