عن عبد الله بن مسعود قال: قال رسول الله صلى الله عليه وسلم:
«هَلَكَ الْمُتَنَطِّعُون» قالها ثلاثًا.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2670]
المزيــد ...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए।" उहाँले यो तीन पटक भन्नुभयो ।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2670]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ती चरमपन्थीहरूको विनाश र बर्बादीको बारेमा बताउँदै हुनुहुन्छ, जो ईश्वरीय मार्गदर्शन र ज्ञान बिना आफ्नो धर्म, वचन र कार्यहरूमा नबी द्वारा तोकिएको कानूनी सीमा (शरिया) भन्दा बाहिर जान्छन् ।

हदीसका केही फाइदाहरू

  1. हरेक काममा बनावटी व्यवहार र उग्रता बाट मनाही गरिएको हो, त्यसैले यसबाट बच्न अति नै आवश्यक छ; विशेषगरी धर्मकार्य र धार्मिक मानिसहरूको सम्मानमा ।
  2. उपासना आदि लाई पूर्णताका साथ गर्न प्रयास गर्नु सराहनीय कुरा हो, तर यसका लागि शरीयतको पालना गर्नु आवश्यक छ ।
  3. कुनै पनि महत्त्वपूर्ण कुरालाई जोड दिनु "मुस्तहब"(राम्रो) हो, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो वाक्यलाई तीन पटक दोहोर्‍याउनु भयो ।
  4. यस हदीस बाट स्पष्ट हुन्छ कि इस्लाम एक सहज र उदार धर्म हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप