+ -

عن عبد الله بن مسعود قال: قال رسول الله صلى الله عليه وسلم:
«هلك المُتَنَطِّعُون» قالها ثلاثًا.

[صحيح] - [رواه مسلم]
المزيــد ...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए।" उहाँले यो तीन पटक भन्नुभयो ।

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ती चरमपन्थीहरूको विनाश र बर्बादीको बारेमा बताउँदै हुनुहुन्छ, जो ईश्वरीय मार्गदर्शन र ज्ञान बिना आफ्नो धर्म, वचन र कार्यहरूमा नबी द्वारा तोकिएको कानूनी सीमा (शरिया) भन्दा बाहिर जान्छन् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. हरेक काममा बनावटी व्यवहार र उग्रता बाट मनाही गरिएको हो, त्यसैले यसबाट बच्न अति नै आवश्यक छ; विशेषगरी धर्मकार्य र धार्मिक मानिसहरूको सम्मानमा ।
  2. उपासना आदि लाई पूर्णताका साथ गर्न प्रयास गर्नु सराहनीय कुरा हो, तर यसका लागि शरीयतको पालना गर्नु आवश्यक छ ।
  3. कुनै पनि महत्त्वपूर्ण कुरालाई जोड दिनु "मुस्तहब"(राम्रो) हो, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो वाक्यलाई तीन पटक दोहोर्‍याउनु भयो ।
  4. यस हदीस बाट स्पष्ट हुन्छ कि इस्लाम एक सहज र उदार धर्म हो ।
थप