عَنْ أَنَسِ بْنِ مَالِكٍ رضي الله عنه عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لَا عَدْوَى، وَلَا طِيَرَةَ، وَيُعْجِبُنِي الْفَأْلُ» قَالَ قِيلَ: وَمَا الْفَأْلُ؟ قَالَ: «الْكَلِمَةُ الطَّيِّبَةُ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2224]
المزيــد ...

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"कुनै पनि रोग (आफैँ) संक्रामक हुँदैन, न त अपशकुन भन्ने कुनै कुरा हुन्छ, तर मलाई शुभसंकेत मन पर्छ।" साहबाहरूले सोध्नुभयो, "शुभसंकेत भनेको के हो?" उहाँले भन्नुभयो, "मिठो राम्रो बोली।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2224]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि अल्लाहको आदेश र निर्णयबिना रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुन्छ भन्ने विश्वास गलत हो र यो इस्लामपूर्वका (जाहिलीयत) मानिसहरूको विश्वास हो। त्यसैगरी अशुभ शकुन लिनु पनि निषेधित छ। चराचुरुङ्गी, पशु, अपाङ्गता भएका व्यक्ति, सङ्ख्या वा विशेष दिनहरू आदि जस्ता सुनिने वा देखिने विषयवस्तु बाट अशुभ संकेत लिनुलाई अपशकुन (तियराह) भनिन्छ। यस हदीसमा "अत-तैर" (चरा) शब्दलाई अशुभ संकेतको रूपमा प्रयोग गरिएको छ, किनभने जाहिलियतको युगमा (इस्लामपूर्वको समयमा) चराद्वारा शगुन लिने यो विधि अत्यन्त प्रचलित थियो। जब अरबहरू कुनै यात्रा वा व्यापार सुरु गर्न चाहन्थे, उनीहरूले चरा उडाएर शकुन विचार गर्दथे। यदि चरा दायाँतर्फ उड्यो भने त्यसलाई शुभ मानेर आफ्नो काम अगाडि बढाउँथे, तर यदि चरा बायाँतर्फ उड्यो भने त्यसलाई अशुभ मानेर उक्त कार्यबाट पछि हट्ने गर्थे। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "मलाई शुभ सङ्केत मन पर्छ।" शुभ सङ्केत भनेको मिठो बोली हो, जुन सुनेपछि व्यक्तिलाई आनन्द र खुशी प्राप्त हुन्छ र यसले उसलाई आफ्नो प्रभुको बारेमा राम्रो सोच्न बाध्य पार्छ।

हदीसका केही फाइदाहरू

  1. यसमा अल्लाहमाथि भरोसा राख्ने विषयलाई स्पष्ट पारिएको छ, किनभने भलाइ प्रदान गर्ने र विपत्ति हटाउनेवाला केवल अल्लाह नै हुनुहुन्छ।
  2. कुनै कुरालाई अशुभ मानेर त्यसबाट पछि हट्नु अपशकुन हो, र यसो गर्न निषेध गरिएको छ।
  3. शुभ चिन्ह वा शुभ संकेत कुनै निषेधित अन्धविश्वास होइन, बरु यो अल्लाहमाथि विश्वास र उहाँसँग राम्रो आशा राख्ने एक कर्म हो।
  4. मान्छेको हरेक काम अल्लाहको मर्जी र आज्ञाले हुन्छ र उहाँको कोही साझेदार छैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (55)
थप