عَن زَيْدِ بْنِ خَالِدٍ رَضِيَ اللَّهُ عَنْهُ أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَنْ جَهَّزَ غَازِيًا فِي سَبِيلِ اللَّهِ فَقَدْ غَزَا، وَمَنْ خَلَفَ غَازِيًا فِي سَبِيلِ اللَّهِ بِخَيْرٍ فَقَدْ غَزَا».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2843]
المزيــد ...
जैद बिन खालिद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई (युद्ध उपकरणहरू उपलब्ध गराएर) तयार गर्छ, उसले पनि जिहाद गरेको हुन्छ। र, जसले युद्धमा जाने व्यक्तिको परिवारको राम्रो रेखदेख गर्छ, उसले पनि जिहाद गरे सरह हुन्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2843]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई आवश्यक हतियार, युद्ध उपकरणहरू, सवारी साधन, खानपिन र अन्य चीजहरू उपलब्ध गराएर तयार गर्छ; ऊ नियमअनुसार योद्धासरह नै ठहरिन्छ र उसलाई पनि जिहाद गर्नेहरूको जत्तिकै पुण्य प्राप्त हुन्छ।
जसले जिहाद गर्ने व्यक्तिको जिम्मेवारी लिन्छ र उसको अनुपस्थितिमा उसको घरपरिवारको राम्रोसँग हेरचाह गर्छ भने त्यस्तो व्यक्ति पनि नियमअनुसार योद्धासरह नै ठहरिन्छ।