+ -

عن ابن عباس رضي الله عنهما قال: قال رسول الله صلى الله عليه وسلم:
«ما مِنْ أيَّامٍ العمَلُ الصَّالِحُ فيها أحبُّ إلى اللهِ مِن هذه الأيام» يعني أيامَ العشر، قالوا: يا رسُولَ الله، ولا الجهادُ في سبيلِ الله؟ قال: «ولا الجهادُ في سبيلِ الله، إلا رجلٌ خَرَجَ بنفسِه ومالِه فلم يَرْجِعْ من ذلك بشيءٍ».

[صحيح] - [رواه البخاري وأبو داود، واللفظ له]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"यी (दश) दिनहरूमा असल कर्महरू गर्नु अरु दिनहरू भन्दा अल्लाहलाई बढी प्रिय छ ।" अर्थात जुल-हिज्जा महिनाको पहिलो दस दिन । उहाँका साथीहरूले सोधे: हे अल्लाहको रसूल! अल्लाहको मार्गमा जिहाद पनि होइन? उहाँले जवाफ दिनुभयो: "होइन, अल्लाहको मार्गमा जिहाद पनि होइन, तर त्यो व्यक्ति बाहेक जो आफ्नो जीउधनको साथ जिहादको लागि निस्कन्छ र ती मध्ये केही लिएर फर्कदैन ।"

सही - बुखारीले वर्णन गरेका छन्

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जुल-हिज्जा महिनाको पहिलो दश दिनमा राम्रो काम गर्नु वर्षको अन्य दिनहरूमा राम्रो कर्महरू गर्नु भन्दा राम्रो छ ।
त्यसैले उहाँका साथीहरूले सोधे, यी दस दिनहरू बाहेक अन्य दिनहरूमा अल्लाहको मार्गमा जिहाद गर्नु उत्तम हो कि यी दस दिनमा सत्कर्म गर्नु ? किनभने जिहाद उत्तम कार्यहरू मध्ये एक हो भन्ने कुरा उनीहरूलाई थाहा थियो ।
यसको जवाफ दिँदै रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : यी दश दिनहरूमा राम्रो काम गर्नु अन्य दिनहरूमा जिहाद गर्नु भन्दा राम्रो हो! त्यो व्यक्ति बाहेक जसले अल्लाहको बाटोमा जिहादको लागि आफ्नो जीउधनलाई जोखिममा राखेर निस्क्यो र अल्लाहको बाटोमा आफ्नो सम्पत्ति र ज्यान सबै थोक अर्पण गर्यो । यी दश दिनहरूमा राम्रो कर्म गर्नुभन्दा यो व्यक्तिको यो कर्म (शहादत) उत्तम हो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. धुल-हिज्जा महिनाको पहिलो दश दिनमा पुण्य कर्म गर्नुको पुण्य । तसर्थ, मुस्लिमले यी दश दिनहरूलाई आशीर्वादको रूपमा लिएर फाइदा उठाउनुपर्दछ । ती दिनहरूमा अल्लाहको महिमा गर्ने, कुरानको पठन गर्ने, तकबीर, तहलील, तहमीद, नमाज, दान, उपवास जस्ता धेरै असल कामहरू गर्नुपर्दछ ।
थप