عَنِ الْبَرَاءِ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَا مِنْ مُسْلِمَيْنِ يَلْتَقِيَانِ فَيَتَصَافَحَانِ إِلَّا غُفِرَ لَهُمَا قَبْلَ أَنْ يَفْتَرِقَا».

[صحيح بمجموع طرقه] - [رواه أبو داود والترمذي وابن ماجه وأحمد] - [سنن أبي داود: 5212]
المزيــد ...

बरा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"कुनै पनि दुई मुसलमानहरू आपसमा भेट्दा हात मिलाउँछन् भने, उनीहरू एकअर्काबाट छुट्टिनु अघि नै उनीहरूका पापहरू क्षमा गरिन्छन्।"

[सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो] - [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 5212]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि जब दुई मुस्लिमहरूको बाटो वा अन्य कतै भेट हुन्छ र उनीहरूमध्ये एकले अर्कोलाई सलाम गरी हात मिलाउँछ (मुसाफहा गर्दछ) भने, उनीहरू शारीरिक रूपमा अलग हुनु वा हात छोड्नु भन्दा पहिले नै उनीहरू दुवैका पापहरू क्षमा गरिन्छन्।

हदीसका केही फाइदाहरू

  1. भेटघाट हुँदा एकअर्कासँग हात मिलाउनु मुस्तहब कार्य हो, र यस हदीसमा हात मिलाउन प्रोत्साहन दिइएको छ।
  2. अल्-मुनावीले भन्नुहुन्छ: "कुनै बाध्यता नभएसम्म दाहिने हातले दाहिने हात समात्नु (वा राख्नु) नै सुन्नत तरिका हो, अन्यथा सुन्नतको पुण्य प्राप्त हुँदैन।"
  3. यसमा सलाम (अभिवादन) फैलाउन प्रोत्साहन गरिएको छ तथा मुस्लिमले आफ्ना मुस्लिम भाइसँग हात मिलाउँदा प्राप्त हुने महान् पुण्यबारे व्याख्या गरिएको छ।
  4. पराई महिलासँग हात मिलाउने जस्ता निषेधित कार्यहरू यस अन्तर्गत पर्दैनन्।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (45)
थप