عَنِ الْبَرَاءِ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَا مِنْ مُسْلِمَيْنِ يَلْتَقِيَانِ فَيَتَصَافَحَانِ إِلَّا غُفِرَ لَهُمَا قَبْلَ أَنْ يَفْتَرِقَا».
[صحيح بمجموع طرقه] - [رواه أبو داود والترمذي وابن ماجه وأحمد] - [سنن أبي داود: 5212]
المزيــد ...
बरा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जब दुई मुस्लिम भेट्छन् र हात मिलाउँछन् भने तिनीहरूलाई छुट्टिनु अघि नै क्षमा गरिन्छ।"
[सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो] - [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 5212]
पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो कि जब दुई मुस्लिमहरू बाटोमा भेट्छन् र एकअर्कालाई अभिवादन गर्छन् र हात मिलाउँछन्, तिनीहरू अलग हुनुभन्दा पहिले तिनीहरूको पापहरू क्षमा गरिन्छ। यो ध्यान दिनुपर्छ कि यहाँ अलग हुनुको अर्थ शारीरिक अलग हुनु र हात मिलाउनुको अन्त्य दुवै हुन सक्छ।