عن جابر بن عبد الله رضي الله عنهما عن النبي صلى الله عليه وسلم قال:
«كُلُّ مَعْرُوفٍ صَدَقَةٌ».

[صحيح] - [رواه البخاري من حديث جابر، ورواه مسلم من حديث حذيفة] - [صحيح البخاري: 6021]
المزيــد ...

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"हर भलाइ र उपकार दान हो ।"

[सही] - [बुखारीले जाबिरको हदीसबाट र मुस्लिमले हजैफहको हदीसबाट वर्णन गरेका छन्] - [सही बुखारी - 6021]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अरूलाई फाइदा पुर्‍याउने हरेक प्रकारको उपकार र प्रयास, चाहे त्यो वचनले होस् वा कुनै कर्म गरेर होस्, त्यो दान हो र यसमा पुण्य छ ।

हदीसका केही फाइदाहरू

  1. सदका [दान] भनेको कुनै व्यक्तिले आफ्नो पैसाबाट दिएको कुरामा मात्र सीमित होइन, बरु व्यक्तिले अरुलाई गरेको वा बोलेको हरेक राम्रो कुरा र लाभ परोपकारको दायराभित्र आउँछ ।
  2. यस हदीसमा, पुण्य कर्म र अरूलाई फाइदा हुने काम गर्न प्रेरणा दिइएको छ ।
  3. कुनै पनि पुण्य कर्मलाई सानो भए पनि तुच्छ ठान्नु हुँदैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप