+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«حَقُّ الْمُسْلِمِ عَلَى الْمُسْلِمِ سِتٌّ» قِيلَ: مَا هُنَّ يَا رَسُولَ اللهِ؟، قَالَ: «إِذَا لَقِيتَهُ فَسَلِّمْ عَلَيْهِ، وَإِذَا دَعَاكَ فَأَجِبْهُ، وَإِذَا اسْتَنْصَحَكَ فَانْصَحْ لَهُ، وَإِذَا عَطَسَ فَحَمِدَ اللهَ فَسَمِّتْهُ، وَإِذَا مَرِضَ فَعُدْهُ وَإِذَا مَاتَ فَاتَّبِعْهُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2162]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकार छन्।" सोधियो: हे अल्लाहका रसूल! ती अधिकारहरू के हुन्? उहाँले भन्नुभयो: "जब तिमी उसलाई भेट्छौ, उसलाई सलाम (अभिवादन) गर, जब उसले तिमीलाई निम्तो दिन्छ, उसको निम्तो स्वीकार गर, जब उसले तिमीसँग सल्लाह माग्छ, उसलाई राम्रो सल्लाह देऊ, जब उसले हाच्छिउँ गर्छ र "अलहम्दुलिल्लाह" भन्छ, उसको जवाफ देऊ (यरहमुकल्लाह) भन, जब ऊ बिरामी हुन्छ, उसलाई भेट्न जाऊ र जब उसको निधन हुन्छ, उसको जनाजामा सहभागी होऊ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2162]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकारहरू छन्: १- कसैलाई भेट्दा "अस्सालामु अलैकुम" भनेर अभिवादन गर्नुहोस्। जवाफमा उसले "व अलैकुमुस्सलाम" भन्नेछ। २- वलीमा (विवाह भोज) आदिमा निम्तो दियो भने उसको निमन्त्रणा स्वीकार गर्ने। ३- यदि उसले सल्लाह माग्यो भने राम्रो सल्लाह दिने अनि चापलुसी वा छलबाट बच्ने। ४- जब कसैले हाच्छिउँ गर्छ र अलहम्दुलिल्लाह भन्छ, तब जवाफमा "यरहमुकल्लाह" भन्नुहोस्। त्यसपछि हाच्छिउँ गर्ने व्यक्तिले जवाफमा "यहदिको मुल्लाह" भन्नुपर्छ। ५- बिरामी हुँदा उसलाई भेट्न जानु। ६- मृतकको जनाजा (अन्त्येष्टि) को नमाज पढ्ने र र उसको शवलाई चिहानसम्म गाडिएसम्म साथ दिनु।

हदीसका केही फाइदाहरू

  1. शौकानीले भने: "मुस्लिमको अधिकार" को अर्थ: यसलाई छोड्नु हुँदैन। यसलाई पालना गर्नु या त अनिवार्य छ या वा कडाइका साथ सिफारिस गरिएका (मुस्तहब/मन्दूब मु’अक्कद) हुन्छन्, जसलाई छोड्नु वाजिब छोडे जस्तै अनुचित हुन्छ।
  2. यदि सलाम (अभिवादन) एक व्यक्तिलाई गरिएको हो भने त्यसको जवाफ दिनु व्यक्तिगत रूपमा अनिवार्य (फर्ज़ ‘अइन) हुन्छ। तर यदि समूहलाई सलाम गरिएको हो भने, तिनीहरूमध्ये एक जनाले जवाफ दिनु पर्याप्त हुन्छ। सलाम सुरु गर्नु (पहिलो अभिवादन गर्नु) भने मूलतः सुन्नत हो।”
  3. बिरामीलाई भेट्नु मुस्लिम दाजुभाइहरूमाथि भएको अधिकार हो, किनकि यसले उसको हृदयमा खुसी र सान्त्वना ल्याउँछ र यो सामूहिक दायित्व(फर्ज़ किफाया) हो।
  4. निमन्त्रणा स्वीकार गर्नु अनिवार्य हुन्छ, जबसम्म त्यसमा कुनै पाप (हराम काम) समावेश छैन। यदि निमन्त्रणा बहू भोज (वलिमा) को लागि हो भने, अधिकांश विद्वानहरूको मत अनुसार यसलाई स्वीकार गर्नु अनिवार्य हुन्छ, सिवाय वैध धार्मिक कारण को। तर यदि विवाह भोज बाहेक अन्य भोज वा कार्यक्रममा निमन्त्रणा दिइएको हो भने, अधिकांश विद्वानहरूको मत अनुसार यसलाई स्वीकार गर्नु मुस्तहब(राम्रो) हो।
  5. हाच्छिउँ गर्ने व्यक्तिले 'अल्हम्दु लिल्लाह' भनेपछि सुन्नेले "यार्हमु क्ल्लाह" भन्नु अनिवार्य हो।
  6. शरीअतको पूर्णता यसमा देखिन्छ कि यसले समाजका सम्बन्धहरू, विश्वास (ईमान) का डोरीहरू, र सदस्यहरूबीचको प्रेमका सम्बन्धहरू मजबुत बनाउन विशेष ध्यान दिन्छ।
  7. (फसम्मित्हू) भन्ने शब्द कतिपय संस्करणमा ‘फशम्मित्हू’ भनेर आएको छ। दुबैको अर्थ बिरामी वा हाच्छिउँ गर्ने व्यक्तिको लागि मंगलकामना र बरकतको प्रार्थना हो। तशमीत को अर्थ: ‘अल्लाहले तिमीलाई शत्रुहरूको खुशी बाट टाढा राखून्, र तिमीलाई शत्रु खुशी हुने कुराबाट बचाउनून्।’
  8. तस्मीत को अर्थ: ‘अल्लाहले तिमीलाई सोझो बाटोमा डोऱ्याओस्।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري मालागासी कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप