हदीसहरूको सूची

जसले अर्कालाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई कष्ट दिन्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुनेछ ।
عربي अंग्रेजी उर्दू
मानिस आफ्नो घनिष्ठ मित्रको आचरण र मार्गबाट प्रभावित हुन्छ, त्यसैले तिमीहरूमध्ये प्रत्येकले राम्ररी विचार गरेर आफ्नो मित्र चयन गरोस्।
عربي अंग्रेजी उर्दू
“एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकार छन्।” सोधियो: “हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! ती अधिकारहरू के-के हुन्?” उहाँले भन्नुभयो: “जब तिमी उसलाई भेट्दछौ, तब उसलाई सलाम गर; जब उसले तिमीलाई निम्तो दिन्छ, तब उसको निमन्त्रणा स्वीकार गर; जब उसले तिमीसँग सल्लाह माग्दछ, तब उसलाई उत्तम सल्लाह देऊ; जब उसले हाच्छिउँ गरेर ‘अल्हम्दुलिल्लाह’ (सबै प्रशंसा अल्लाहका लागि हो) भन्दछ, तब उसको जवाफमा ‘यरहमुकल्लाह’ (अल्लाहले तिमीमाथि कृपा गरून्) भन; जब ऊ बिरामी हुन्छ, तब उसलाई भेट्न (कुशलमंगल सोध्न) जाऊ; र जब उसको निधन हुन्छ, तब उसको जनाजामा सहभागी होऊ।”
عربي अंग्रेजी उर्दू