+ -

عن أبي صِرْمة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«مَنْ ضَارَّ ضَارَّ اللهُ بِهِ، وَمَنْ شَاقَّ شَقَّ اللهُ عَلَيْهِ».

[حسن] - [رواه أبوداود والترمذي وابن ماجه وأحمد]
المزيــد ...

अबू सिरमह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले अर्कालाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई कष्ट दिन्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुनेछ ।"

हसन - इब्ने माजहले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै पनि मुस्लिमलाई उसको घरपरिवार वा जीउधन इत्यादिमा हानि पुर्‍याउन वा उसलाई कुनै पनि तरिकाले अप्ठ्यारोमा पार्नु वर्जित (हराम) गर्नुभएको छ । जसले यो गर्छ, अल्लाहले उसलाई उसको कर्मको प्रकृति अनुसार प्रतिफल दिनुहुनेछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. मुस्लिमलाई हानि पुर्‍याउनु र उसलाई अप्ठ्यारोमा पार्नु वर्जित (हराम) हो ।
  2. अल्लाहले आफ्ना सेवकहरूका लागि बदला लिनुहुन्छ ।