+ -

عن أنس بن مالك رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«مَنْ أَحَبَّ أَنْ يُبْسَطَ لَهُ فِي رِزْقِهِ، وَيُنْسَأَ لَهُ فِي أَثَرِهِ، فَلْيَصِلْ رَحِمَهُ».

[صحيح] - [متفق عليه]
المزيــد ...

अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले आफ्नो जीविकोपार्जन विस्तार होस् र आयु लामो होस् भन्ने चाहन्छ, उसले आफ्नो नाताको सम्बन्ध कायम गरोस् ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफन्तहरूसँग नाता कायम गर्न प्रोत्साहित गर्दै हुनुहुन्छ, जस्तैः बेलाबेलामा उनीहरूलाई भेट्नु, भौतिक र आर्थिक सहयोग गर्नु इत्यादि र यसबाट मानिसको जीविकोपार्जनमा वृद्धि र आयु लामो हुन्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. अरबी शब्द "अल-रहिम" ले बुबा र आमा दुवै पक्षका नातेदारहरूलाई बुझाउँछ । सम्बन्ध जति नजिक र घनिष्ट हुन्छ, त्यति नै राम्रो व्यवहारको हकदार हुन्छ ।
  2. मानिसलाई कर्म अनुसार पुरस्कृत गरिन्छ । तसर्थ, जसले सद्भाव, राम्रो व्यवहार र दयाको माध्यमबाट सम्बन्ध सुदृढ गर्ने काम गर्छ, अल्लाहले उसको जीविका र उमेरमा आशिष दिनुहुन्छ ।
  3. सम्बन्ध कायम गर्नु जीविकोपार्जन र दीर्घायु बढाउने माध्यम हो । जीविकोपार्जन र उमेर दुवै निर्धारित भएतापनि कहिलेकाहीँ त्यसमा बर्कत (बृद्धि) हुन्छ र व्यक्तिले आफ्नो जीवनमा उही उमेरका मानिसहरूले गर्न सक्ने भन्दा धेरै लाभदायक काम गर्न सक्षम हुन्छ । कतिपय विद्वानले जीविकोपार्जन र आयुमा भएको बृद्धिलाई वास्तविक बताएका छन्, अल्लाहले जानुन् ।
थप