उप-श्रेणीहरू

हदीसहरूको सूची

“तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।”
عربي अंग्रेजी उर्दू
दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।
عربي अंग्रेजी उर्दू
हर भलाइ र उपकार दान हो ।
عربي अंग्रेजी उर्दू
जसले आफ्नो जीविकोपार्जन विस्तार होस् र आयु लामो होस् भन्ने चाहन्छ, उसले आफ्नो नातागोतासँग राम्रो सम्बन्ध कायम गरोस् ।
عربي अंग्रेजी उर्दू
मानिसले खर्च गर्ने सबैभन्दा राम्रो दिनार (पैसा) त्यो हो जुन उसले आफ्नो घरपरिवारमा खर्च गर्छ । त्यसपछि त्यो दिनार हो जुन अल्लाहको मार्गमा जिहाद गर्न राखिएको जनावरमा खर्च गर्छ । त्यसपछि त्यो दिनार हो जुन अल्लाहको खातिर आफ्ना साथीभाइहरूमा खर्च गर्दछ ।
عربي अंग्रेजी उर्दू
जसले दुई छोरीहरूको पालनपोषण उनीहरू परिपक्व भए सम्म गर्छ, ऊ कियामतको दिन मसँग एकसाथ हुनेछ," र उहाँले आफ्ना औँलाहरू जोडेर देखाउनुभयो।
عربي अंग्रेजी उर्दू
कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ? उहाँले जवाफ दिनुभयो: "समयमा नमाज पढ्नु ।" त्यसपछि के? उहाँले भन्नुभयो: "आमाबाबुसँग राम्रो व्यवहार गर्नु ।" त्यसपछि के? उहाँले जवाफ दिनुभयो: "अल्लाहको मार्गमा जिहाद (युद्ध) गर्नु
عربي अंग्रेजी उर्दू
अल्लाहसँग डराउनु, जो तिमीहरूको पालनकर्ता हुन्, दिनको पाँच पटक नमाज पढ्नु, रमजान महिनाको रोजा राख्नु, आफ्नो धनसम्पत्तिमा जकात दिनु र आफ्नो हाकिमको आज्ञापालन गर्नु, तिमी आफ्नो परमेश्‍वर को स्वर्गमा प्रवेश गर्नेछौ ।
عربي अंग्रेजी उर्दू
के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ र दर्जाहरू उच्च पार्नुहुन्छ ?"
عربي अंग्रेजी उर्दू
“हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”
عربي अंग्रेजी उर्दू