عَنْ ثَوْبَانَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«أَفْضَلُ دِينَارٍ يُنْفِقُهُ الرَّجُلُ، دِينَارٌ يُنْفِقُهُ عَلَى عِيَالِهِ، وَدِينَارٌ يُنْفِقُهُ الرَّجُلُ عَلَى دَابَّتِهِ فِي سَبِيلِ اللهِ، وَدِينَارٌ يُنْفِقُهُ عَلَى أَصْحَابِهِ فِي سَبِيلِ اللهِ» قَالَ أَبُو قِلَابَةَ: وَبَدَأَ بِالْعِيَالِ، ثُمَّ قَالَ أَبُو قِلَابَةَ: وَأَيُّ رَجُلٍ أَعْظَمُ أَجْرًا مِنْ رَجُلٍ يُنْفِقُ عَلَى عِيَالٍ صِغَارٍ، يُعِفُّهُمْ أَوْ يَنْفَعُهُمُ اللهُ بِهِ وَيُغْنِيهِمْ.
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 994]
المزيــد ...
षौबान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मानिसले खर्च गर्ने सबैभन्दा उत्तम दीनार (पैसा) त्यो हो जुन ऊ आफ्नो परिवारमाथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्नो सवारी (जनावर) माथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्ना साथीहरूमाथि खर्च गर्छ।"
अबू किलाबाले भन्नुहुन्छ: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले परिवारबाटै सुरु गर्नुभयो। त्यसपछि अबू किलाबाले भन्नुभयो: त्यस मानिस भन्दा धेरै पुण्य अरु कसको हुन सक्छ जसले आफ्ना साना बच्चाहरूमाथि खर्च गर्छ, जसद्वारा अल्लाहले तिनीहरूलाई अरूबाट माग्नबाट बनाउनुहुन्छ, तिनीहरूलाई लाभ पुऱ्याउनुहुन्छ र सम्पन्न बनाउनुहुन्छ।
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 994]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले खर्च गर्ने विभिन्न रूपहरू स्पष्ट रूपमा व्याख्या गर्नुभयो, र खर्चका स्थानहरू धेरै भए र तिनीहरूबीच प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था आएमा, सर्वप्रथम अनिवार्य र अत्यन्त महत्वपूर्ण स्थानबाट नै सुरु गर्नुपर्छ भनेर क्रम निर्देशित गर्नुभयो, अर्थात्, पहिले सबैभन्दा महत्वपूर्ण कार्यमा, तत्पश्चात् त्यसपछि आउने महत्त्वपूर्ण कार्यहरूमा खर्च गर्नुपर्छ; त्यसैले उहाँले बताउनुभयो कि सबैभन्दा बढी प्रतिफल प्राप्त हुने धन त्यही हो, जुन एक मुस्लिमले ती व्यक्तिहरूमाथि खर्च गर्छ जसमाथि खर्च गर्नु उसको लागि अनिवार्य छ, जस्तै: पत्नी र सन्तानहरू। त्यसपछि, अल्लाहको मार्गमा युद्धका लागि तयार पारिएको सवारीमाथि खर्च गर्नु, त्यसपछि अल्लाहको मार्गमा लडिरहेका आफ्ना साथीहरू र सहयात्रीहरूमाथि खर्च गर्नु।