عَن أَبِي أُمَامَةَ قَالَ: حَدَّثَنِي عَمْرُو بْنُ عَبَسَةَ رضي الله عنه أَنَّهُ سَمِعَ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«أَقْرَبُ مَا يَكُونُ الرَّبُّ مِنَ العَبْدِ فِي جَوْفِ اللَّيْلِ الآخِرِ، فَإِنْ اسْتَطَعْتَ أَنْ تَكُونَ مِمَّنْ يَذْكُرُ اللَّهَ فِي تِلْكَ السَّاعَةِ فَكُنْ».
[صحيح] - [رواه أبو داود والترمذي والنسائي] - [سنن الترمذي: 3579]
المزيــد ...
अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भन्नुहुन्छ कि अम्र बिन अबसह (रजियल्लाहु अन्हु) ले मलाई बताउनुभयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने:
"अल्लाह रातको अन्तिम प्रहरमा आफ्ना भक्तको सबैभन्दा नजिक हुनुहुन्छ। तसर्थ, यदि तिमी त्यस समयमा अल्लाहको स्मरण गर्नेहरूमध्ये हुन सक्नुहुन्छ भने, अवश्य त्यसो गर्नु।"
[सही] - [अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3579]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि अल्लाह रातको अन्तिम तेस्रो प्रहरमा आफ्नो भक्तको सबैभन्दा नजिक हुनुहुन्छ। तसर्थ, यदि तिमी त्यस समयमा अल्लाहको उपासना, दुआ, स्मरण र पश्चात्ताप गर्नेहरूमध्ये बन्न सक्छौ भने, त्यसका लागि प्रयास गर्नु।