عَنْ عَبْدِ اللَّهِ بْنِ مَالِكٍ ابْنِ بُحَيْنَةَ رضي الله عنه:
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ إِذَا صَلَّى فَرَّجَ بَيْنَ يَدَيْهِ حَتَّى يَبْدُوَ بَيَاضُ إِبْطَيْهِ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 390]
المزيــد ...

अब्दुल्लाह बिन मालिक बिन बुहैना (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब नमाज पढ्नुहुन्थ्यो, उहाँले (सज्दाको अवस्थामा) आफ्ना दुवै हात (भुइँमा राख्दा) यति फराकिलो पार्नुहुन्थ्यो कि उहाँको काखको सेतोपन देखिन्थ्यो।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 390]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) सज्दा गर्दा आफ्ना दुवै हातबीच फराकिलो दूरी राख्नुहुन्थ्यो, प्रत्येक हातलाई पखेटा फैलाएजस्तै गरेर आफ्नो काखीसँगैको तलको शरीरको भागबाट यति टाढा राख्नुहुन्थ्यो कि उहाँको काखीको छालाको रङ देखिन्थ्यो। यसले दुवै हातलाई त्यसरी फैलाउने र तिनीहरूलाई शरीरको छेउबाट टाढा राख्ने कार्यको अतिशयोक्तिलाई जनाउँछ।

हदीसका केही फाइदाहरू

  1. सज्दाको अवस्थामा दुवै हातलाई दुवै छेउबाट अलग राख्नु मुस्तहब (पुणयदायी) हो ।
  2. तर यदि मुक्तदीले पाखुरा धेरै फैलाउँदा छेउमा रहेका व्यक्तिलाई कष्ट हुन्छ भने, त्यसो गर्नु हुँदैन।
  3. सज्दा गर्दा हातलाई छेउको शारीरको भागबाट अलग राख्ने (मुजाफात) अभ्यासमा धेरै तात्विक कारण र फाइदाहरू छन्। तीमध्ये केही यस प्रकार छन्: यसले नमाजप्रति उत्साह र लगनशीलता दर्शाउँछ; जब सज्दाका अंगहरूलाई यसरी प्रयोग गरिन्छ, तब प्रत्येक अंग आ-आफ्नो भागको उपासनामा लीन हुन्छन् । यसको अर्को बुद्धिमत्ता यो पनि बताइएको छ कि यसले विनयशीलता (नम्रता) दर्शाउँछ, निधार र नाकलाई जमिनमा राम्रोसँग राख्न मद्दत गर्दछ, र प्रत्येक अंगलाई आ-आफ्नो स्थानमा छुट्टाछुट्टै सक्रिय बनाउँछ।
अनुवादहरू का प्रदर्शन
भाषा: الإنجليزية الأوردية الإسبانية थप (56)
थप