+ -

عَنْ عَبْدِ اللَّهِ بْنِ مَالِكٍ ابْنِ بُحَيْنَةَ رضي الله عنه:
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ إِذَا صَلَّى فَرَّجَ بَيْنَ يَدَيْهِ حَتَّى يَبْدُوَ بَيَاضُ إِبْطَيْهِ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 390]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अब्दुल्लाह बिन मालिक बिन बुहैना (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब नमाज पढ्नुहुन्थ्यो, उहाँले आफ्ना दुवै हात (सजदाको अवस्थामा) यति फराकिलो पार्नुहुन्थ्यो कि उहाँको काखको सेतोपन देखिन्थ्यो ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 390]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब सजदा गर्नुहुन्थ्यो, उहाँ सजदाको अवस्थामा आफ्नो दुवै हातलाई छेउ र पेटबाट यति टाढा राख्नुहुन्थ्यो कि उहाँको दुवै काखको छालाको सेतोपन देखिन्थ्यो; दुवै हातलाई आफ्ना दुवै छेउबाट टाढा राख्नमा यो अतिशयोक्ति हो ।

हदीसका केही फाइदाहरू

  1. सज्दाको अवस्थामा दुवै हातलाई दुवै छेउबाट अलग राख्नु मुस्तहब हो ।
  2. तर जब मुक्तदीको पाखुरा धेरै खोल्दा उसको छेउको व्यक्तिलाई पीडा हुन थाल्छ भने त्यसो गर्नु हुँदैन ।
  3. सज्दा गर्दा हातलाई छेउबाट अलग राख्नुको पछाडि धेरै हिक्मत र फाइदाहरू छन्, जस्तै : नमाजमा उत्साह र इच्छा देखाउनु । जब मानिसले सज्दाका सबै अंगहरू भुइँमा राख्छ, तब प्रत्येक अंग उपासनामा लीन हुन्छ । यो आसन नम्रतासँग धेरै मिल्दोजुल्दो छ, अनुहार र नाकलाई भुइँमा राख्न अझ प्रभावकारी छ र यसमा प्रत्येक अंगले आफ्नो छुट्टै स्थान पाएको छ भनेर भनिएको छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्