+ -

عَنْ عَائِشَةَ أُمِّ المُؤمنينَ رضي الله عنها قَالَتْ:
كَانَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يُعْجِبُهُ التَّيَمُّنُ، فِي تَنَعُّلِهِ، وَتَرَجُّلِهِ، وَطُهُورِهِ، وَفِي شَأْنِهِ كُلِّهِ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 168]
المزيــد ...

उम्मुल-मुमिनीन (आस्थावानहरूकि आमा)आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्,
नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो जुत्ता लगाउदा, आफ्नो कपाल कोर्दा, वुजू गर्दा यहाँसम्म आफ्नो सबै मामिलाहरूमा दायाँतिरबाट आरम्भ गर्न मन पराउनुहुन्थ्यो ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 168]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) दायाँ तर्फबाट सम्मानजनक कार्यहरू सुरु गर्न मन पराउनुहुन्थ्यो, जस्तैः जुत्ता लगाउँदा पहिले दाहिने खुट्टाबाट सुरु गर्ने, टाउको र दाह्रीको कपालमा तेल लगाउँदा र काईयो गर्दा दायाँबाट सुरु गर्ने, वुजू गर्दा दायाँ हात र दाहिने खुट्टालाई बायाँ हात र देब्रे खुट्टा भन्दा पहिला धुने इत्यादि ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया रोमानियन मालागासी ओरोमो कन्नड
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. इमाम नववीले शरियतको एउटा सामान्य नियम उल्लेख गर्दै भनेका छन्: लुगा र पायजामा लगाउनु, जुत्ता लगाउनु, मस्जिदमा प्रवेश गर्नु, मिस्वाक गर्नु, आँखामा सुर्मा वा काजल लगाउनु, नङ काट्नु, जुँगा काँट्नु, काईयोले कपाल कोर्नु, काखीका रौंहरू उखेल्नु, कपाल काट्नु, नमाजमा सलाम फेर्नु, पवित्र अंगहरू धुनु, शौचालयबाट बाहिर निस्कनु, खानपिन गर्नु, मुसाफाह गर्नु अथवा हात मिलाउनु, हजरे अस्वद (काबाको कालो ढुंगा) लाई चुम्बन गर्नु आदि जस्ता सम्मानजनक कामहरू दाहिने तर्फबाट सुरु गर्नु मुस्तहब हो । यसको विपरीत शौचालयमा प्रवेश गर्नु, मस्जिदबाट बाहिर निस्कनु, नाक पुछ्नु, इस्तिन्जा (दिसापिसाब गरेपछि सफा) गर्नु, लुगा, पैन्ट, कट्टु र जुत्ता मोजा आदि फुकाल्नु जस्ता कामहरू बायाँ तर्फबाट सुरु गर्नु मुस्तहब हो । वास्तवमा यो सबै दायाँको सम्मान र इज्जतको कारणले गर्दा हो ।
  2. "उहाँलाई दायाँबाट सुरुवात गर्न मनपर्छ", यसमा दाहिने हात, दाहिने खुट्टा, दायाँतिर र दाहिनेबाट लेनदेन गर्नु सबै कुराहरू समावेश छन् ।
  3. इमाम नववीले भनेका छन्: केही अंगहरूमा दाँयाबाट सुरु गर्नु मुस्तहब होइन; जस्तैः दुवै कान, दुवै हत्केला र दुवै गालाहरू । यी अंगहरूका दुवै भाग एकै पटक शुद्ध पार्नुपर्ने हो, यदि त्यसो गर्न गाह्रो छ भने, दाँयालाई प्राथमिकता दिइनेछ ।