عَنْ أَنَسٍ رضي الله عنه:
أَنَّ نَفَرًا مِنْ أَصْحَابِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ سَأَلُوا أَزْوَاجَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَنْ عَمَلِهِ فِي السِّرِّ؟ فَقَالَ بَعْضُهُمْ: لَا أَتَزَوَّجُ النِّسَاءَ، وَقَالَ بَعْضُهُمْ: لَا آكُلُ اللَّحْمَ، وَقَالَ بَعْضُهُمْ: لَا أَنَامُ عَلَى فِرَاشٍ، فَحَمِدَ اللهَ وَأَثْنَى عَلَيْهِ، فَقَالَ: «مَا بَالُ أَقْوَامٍ قَالُوا كَذَا وَكَذَا؟ لَكِنِّي أُصَلِّي وَأَنَامُ، وَأَصُومُ وَأُفْطِرُ، وَأَتَزَوَّجُ النِّسَاءَ، فَمَنْ رَغِبَ عَنْ سُنَّتِي فَلَيْسَ مِنِّي».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1401]
المزيــد ...
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरूले उनका पत्नीहरूलाई उनको गोप्य कर्मको बारेमा सोधे, (उहाँको पूजा गर्ने बानीको बारेमा सुनेपछि) तिनीहरूमध्ये एकले भने, "म महिलाहरूसँग विवाह गर्दिन।" कसैले भन्यो, "म मासु खाने छैन," र कसैले भन्यो, "म ओछ्यानमा सुत्ने छैन।" (जब यो खबर पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) सम्म पुग्यो, उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको प्रशंसा र महिमा गरेपछि भन्नुभयो : "केही मानिसहरूलाई के भएको छ कि तिनीहरूले यसरी कुरा गर्न थालेका छन्? म प्रार्थना गर्छु र सुत्छु। कहिलेकाहीँ म उपवास बस्छु, कहिलेकाहीँ म गर्दिन। म महिलाहरूसँग विवाह पनि गर्छु। जो मेरो सुन्नतबाट टाढा जान्छ उसको मसँग कुनै सम्बन्ध छैन।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1401]
केही सहाबी (साथी) हरू पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) का पत्नीहरूको घरमा आए। तिनीहरूको उद्देश्य अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) घर भित्र कसरी पूजा गर्नुहुन्छ भनेर जान्न थियो। जब उनीहरूलाई उहाँको पूजाको बारेमा भनियो, मानौं तिनीहरूले यसलाई कम आँकलन गरे र भने: कहाँ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को स्थान र कहाँ हाम्रो स्थान? उहाँका विगत र भविष्यका पापहरू क्षमा गरिएका छन्। यसको विपरीत, हामी जस्तालाई क्षमा गरिनेछ कि छैन केही थाहा छैन, त्यसैले हामीले धेरै भन्दा धेरै पूजा गर्नुपर्छ, ताकि क्षमा पाउन सकियोस्। त्यसपछि, तिनीहरूमध्ये एकले भन्यो, "म विवाह गर्दिन।" अर्कोले भन्यो, "म मासु खाने छैन।" कसैले भन्यो "म ओछ्यानमा सुत्ने छैन।" जब अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो कुरा थाहा भयो, उनले आफ्नो असन्तुष्टि व्यक्त गरे। उनले मानिसहरूलाई सम्बोधन गरे। उनले अल्लाहको प्रशंसा गर्दै भने: यस्ता र यस्ता कुरा गर्ने मानिसहरूलाई के भएको छ?! अल्लाहको कसम, म तिमीहरूमध्ये सबैभन्दा अल्लाहको डर राख्ने र सबैभन्दा धर्मी व्यक्ति हुँ। तर यसको बाबजुद म सुत्छु ताकि म पूर्ण जोशका साथ तहज्जुदको प्रार्थना गर्न सकूँ। म उपवास बिना बाँच्छु, ताकि म उपवास गर्ने शक्ति प्राप्त गर्न सकूँ र म महिलाहरूसँग पनि विवाह गर्छु। त्यसैले, जसले मेरो मार्गबाट विचलित हुन्छ र अर्को मार्गलाई उत्तम मार्ग मान्दछ र त्यसलाई पछ्याउँछ, त्यो मबाट होइन।