عَن عبدِ اللهِ بن خُبَيب رضي الله عنه أنه قال:
خَرَجْنَا فِي لَيْلَةٍ مَطِيرَةٍ وَظُلْمَةٍ شَدِيدَةٍ، نَطْلُبُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ؛ يُصَلِّي لَنَا، قَالَ: فَأَدْرَكْتُهُ، فَقَالَ: «قُلْ»، فَلَمْ أَقُلْ شَيْئًا، ثُمَّ قَالَ: «قُلْ»، فَلَمْ أَقُلْ شَيْئًا، قَالَ: «قُلْ»، فَقُلْتُ: مَا أَقُولُ؟ قَالَ: «{قُلْ هُوَ اللهُ أَحَدٌ} وَالْمُعَوِّذَتَيْنِ حِينَ تُمْسِي وَتُصْبِحُ ثَلَاثَ مَرَّاتٍ، تَكْفِيكَ مِنْ كُلِّ شَيْءٍ».

[صحيح] - [رواه أبو داود والترمذي والنسائي] - [سنن الترمذي: 3575]
المزيــد ...

अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
हामी एक वर्षाले भिजेको, अत्यन्त अँध्यारो रातमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई खोज्न निस्कियौँ ताकि उहाँले हामीलाई नमाज पढाइदिउन्। अब्दुल्लाह बिन खुबैबले भन्नुहुन्छ: मैले उहाँलाई भेटेँ। उहाँले भन्नुभयो: "भन," तर मैले केही भनिनँ। फेरि उहाँले भन्नुभयो: "भन," तर मैले फेरि पनि केही बोलिनँ। तेस्रो पटक उहाँले भन्नुभयो: "भन।" तब मैले सोधें: "म के भनूँ?" उहाँले भन्नुभयो: "तिमीले बिहान र बेलुका तीन-तीन पटक"{कुल हुवल्लाहु अहद} (सूरह इख्लास) र दुई मुअव्विजात (सूरह फलक र सूरह नास) पढ्नु। यी ले तिमीलाई हरेक कुराबाट जोगाउनेछन्।"

[सही] - [अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3575]

व्याख्या

सहाबी अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गर्नुभएको छ: पानी परेको र घनघोर अँध्यारो रातमा हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई नमाज पढाइदिउन् भनेर उहाँको खोजी गर्न बाहिर निस्क्यौँ र उहाँलाई भेट्टायौँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अब्दुल्लाह बिन खुबैब लाई भन्नुभयो: "भन" अर्थात पढ, तर उनले केही पनि पढेनन् । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो कुरा दोहोर्याउनुभयो र अब्दुल्लाहले भने: हे अल्लाहका रसूल, म के पढूँ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: सुरतुल-इखलास {कुल हुवल्लाहु अहद} र मुऔवीजतैन {कुल अऊ जु बि-रब्बिल फलक}{कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढनु । यसले तिमीलाई हरेक खराबी र हानिबाट जोगाउँछ ।

हदीसका केही फाइदाहरू

  1. बिहान र बेलुका सुरतुल-इखलास र मुऔवीजतैन पढ्नु पुण्यकारी हो र यसले हरेक खराबी बाट जोगाउँछ।
  2. यसमा सुरतुल-इखलास र मुऔवीजतैन पढ्नुको सद्गुण बताइएको छ ।
अनुवादहरू का प्रदर्शन
भाषा: الإنجليزية الأوردية الإسبانية थप (57)
थप