عَنْ أَبَانَ بْنِ عُثْمَانَ قَالَ: سَمِعْتُ عُثْمَانَ ابْنِ عَفَّانَ رضي الله عنه يَقُولُ: سَمِعْتُ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«مَنْ قَالَ بِسْمِ اللَّهِ الَّذِي لَا يَضُرُّ مَعَ اسْمِهِ شَيْءٌ، فِي الْأَرْضِ، وَلَا فِي السَّمَاءِ، وَهُوَ السَّمِيعُ الْعَلِيمُ، ثَلَاثَ مَرَّاتٍ، لَمْ تُصِبْهُ فَجْأَةُ بَلَاءٍ، حَتَّى يُصْبِحَ، وَمَنْ قَالَهَا حِينَ يُصْبِحُ ثَلَاثُ مَرَّاتٍ، لَمْ تُصِبْهُ فَجْأَةُ بَلَاءٍ حَتَّى يُمْسِيَ»، قَالَ: فَأَصَابَ أَبَانَ بْنَ عُثْمَانَ الْفَالِجُ، فَجَعَلَ الرَّجُلُ الَّذِي سَمِعَ مِنْهُ الْحَدِيثَ يَنْظُرُ إِلَيْهِ، فَقَالَ لَهُ: مَا لَكَ تَنْظُرُ إِلَيَّ؟ فَوَاللَّهِ مَا كَذَبْتُ عَلَى عُثْمَانَ، وَلَا كَذَبَ عُثْمَانُ عَلَى النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، وَلَكِنَّ الْيَوْمَ الَّذِي أَصَابَنِي فِيهِ مَا أَصَابَنِي غَضِبْتُ فَنَسِيتُ أَنْ أَقُولَهَا.
[صحيح] - [رواه أبو داود والترمذي والنسائي في الكبرى وابن ماجه وأحمد] - [سنن أبي داود: 5088]
المزيــد ...
हजरत अबान बिन उस्मान (रजियल्लाहु अन्हु) द्वारा वर्णन छ, उनी भन्छन् कि मैले उस्मान बिन अफ़्फ़ान (रज़ियल्लाहु अन्हु)ले भन्नु भएको सुनेँ कि उहाँले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भएको सुन्नु भयो :
जसले तीन पटक याे दुआ पढ्यो: " उहाँ अल्लाहको नामबाट जसको नामद्वारा धरती र आकाशमा कुनै चिजले हानी पुर्याउँदैन र उहाँ अति नै सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" उसमाथि बिहानसम्म कुनै विपद अचानक आउँदैन। र जसले बिहानको समयमा तीन पटक यो दुआ पढ्यो, बेलुकासम्म उसमाथि अचानक कुनै समस्या आउँदैन। वर्णनकर्ता भन्छन् कि पछि अबान बिन उसमानलाई पक्षपात भयो, र उनीसित यो हदीस सुन्ने मान्छेले हेरिरहयो। अत: अबानले उसलाई सोधे, किन तिमी मतिर हेरेको हेर्यै छौ ? अल्लाह कसम ! न मैले उस्मानतिर जोडेर झुट्टो कुरा भनेको हो न त उस्मानले अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम) तर्फ। वास्तवमा जुन दिन मलाई यो बिमारी लागेको थियो त्यो दिन रिसको झोकमा भएकोले यो दुआ पढ्न बिर्सिएको थिएँ ।
[सही] - [अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 5088]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभयो कि जो कुनै व्यक्ति प्रत्येक बिहान फज्र पछि र प्रत्येक साँझ सूर्यास्तअघि तीन पटक यो भन्छ:
"(बिस्मिल्लाह) म सहायता माग्छु र हरेक हानिकारक चीजबाट आफूलाई सुरक्षित राख्छु, (उहाँको नामको सम्झनासँग) कुनै चीज हानी गर्न सक्दैन, चाहे त्यो (पृथ्वीमा) होस्—यसबाट निस्कने आपतहरू सहित—वा (आकाशमा) होस्—यसबाट झर्ने विपत्तिहरूसहित। र उहाँ (सबै कुरा सुन्ने वाला) हुनुहुन्छ र (सबै अवस्थाबारे जान्ने वाला) हुनुहुन्छ।"
. जसले साँझमा यो दुआ पढ्यो भने उसलाई बिहानसम्म अचानक विपत्ति आइ पर्दैन, र जसले बिहान यसो भन्छ उसलाई बेलुकासम्म अचानक विपत्ति आइ पर्ने छैन ।
हदीसका वर्णनकर्ता अबान इब्ने उस्मान (रजियल्लाहु अन्हु)लाई पश्चात्ताप यो । उहाँको शरीरको एकपट्टिको अँग लुलो थियो। उनीबाट हदीस सुनेका व्यक्तिले अबानलाई आश्चर्यचकित भएर हेरे ! अबानले त्यस मानिसलाई भनेः "तिमी किन मतिर हेरि रहेकाछौ ? अल्लाहको कसम, मैले उस्मानको बारेमा झूट बोलेको छैन, न त उस्मानले नबी(सल्लल्लाहु अलैहि वसल्लम)को बारेमा झूट बोलेका हुन् । यद्यपि, जुन दिन यस्तो हुनु थियो अल्लाहले मलाई यो दुआ नपढ्न लेखि दिनु भएको थियो । मलाई (कुनै कारण) धेरै रिस उठ्यो र यी उल्लेखित शब्दहरू मैले भन्न बिर्सें । "