عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«أَلَا أَدُلُّكُمْ عَلَى مَا يَمْحُو اللهُ بِهِ الْخَطَايَا، وَيَرْفَعُ بِهِ الدَّرَجَاتِ؟» قَالُوا بَلَى يَا رَسُولَ اللهِ قَالَ: «إِسْبَاغُ الْوُضُوءِ عَلَى الْمَكَارِهِ، وَكَثْرَةُ الْخُطَا إِلَى الْمَسَاجِدِ، وَانْتِظَارُ الصَّلَاةِ بَعْدَ الصَّلَاةِ، فَذَلِكُمُ الرِّبَاطُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 251]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ र दर्जाहरू उच्च पार्नुहुन्छ ?" तिनीहरूले भने, "हे अल्लाहका दूत, (अवश्य नै) भन्नुहोस्।" उहाँले भन्नुभयो : "अप्ठ्यारो भए पनि राम्रोसँग वुजू गर्नु, अत्याधिक मस्जिद जानु र एक नमाजपछि अर्को नमाजको लागि पर्खनु, यही नै 'रिबात' (अल्लाहको मार्गमा जिहाद र सीमानामा पहरा दिनु) हो।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 251]

व्याख्या

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूलाई सोध्नुभयो : के तिमीहरू यस्तो कामको बारेमा जान्न चाहन्छौं, जसद्वारा पापहरू क्षमा हुन्छन्, फरिश्ताले लेखिएका पापहरू मेटिन्छन् र स्वर्गमा उच्च स्थान प्राप्त हुन्छ?
सहाबाहरूले भने: हो, हामी जान्न चाहन्छौं, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
पहिलो: कठिनाइका बाबजुद पूर्ण रूपमा वुजू गर्नु; जस्तै– पानी अत्यन्तै चिसो वा तातो हुनु, पानी कम हुनु वा शरीर दुखिरहेको हुनु आदि।
दोस्रो: अत्याधिक कदम चल्नु भनेको घर टाढा भए पनि मस्जिद बारम्बार जानु ।
तेस्रो: नमाजको समयको प्रतीक्षा गर्नु, हृदयलाई नमाजसँग जोडेर राख्नु, नमाजको लागि तयार रहनु र मस्जिदमा बसेर जमातको प्रतीक्षा गर्नु। त्यसैगरी नमाज पढिसकेपछि आफ्नो मुसल्ला (नमाज पढ्ने ठाउँ) मा नै बसेर अर्को नमाजको प्रतीक्षा गर्नु।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यी कार्यहरूलाई नै वास्तविक रिबात (जिहाद) बताउनुभएको छ; किनभने यसले मनभित्र हुने शैतानको चलखेललाई अवरुद्ध गर्दछ, मनोकांक्षाहरूलाई पराजित गर्दछ र शंकाहरूको निवारण गर्दछ। यसरी हिजबुल्लाह (अल्लाहको समूह) ले शैतानको सेनालाई पराजित गर्दछन्। वास्तवमा, यो सबैभन्दा ठूलो जिहाद हो र शत्रु विरुद्ध गरिने रिबात (जिहाद) सरह हो।

हदीसका केही फाइदाहरू

  1. यस हदीसले मस्जिदमा नियमित रूपमा जमातसँग नमाज पढ्ने महत्त्व, नमाजमा पूर्ण एकाग्रता राख्नुको आवश्यकता, र नमाजबाहेक अन्य कुरामा व्यस्त नहुने अभ्यासको आवश्यकतालाई स्पष्ट गर्दछ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई ठूलो पुण्य बारे प्रश्न सोधेर उत्साहित बनाउनुभयो र यो शिक्षाको एक उत्कृष्ट तरिका हो ।
  3. प्रश्न र उत्तरको शैलीमा कुनै विषय प्रस्तुत गर्नुको फाइदा यो हो कि यसले विषयवस्तुलाई मनमा अझ गहिरो र प्रभावकारी बनाउँछ। किनभने, पहिले रहस्य सिर्जना गरेर पछि स्पष्ट पार्दा ध्यान बढी केन्द्रित हुन्छ र कुरा राम्ररी बुझिन्छ।
  4. इमाम नववी ((रहिमहुल्लाहु) ले भन्नुभएको छ: नबी (सल्लल्लाहु अलैहि वसल्लम) को "उक्त कर्म रिबात हो" भन्ने भनाइको अर्थ यो हो कि त्यो रिबात वाञ्छनीय र प्रशंसनीय छ। रिबातको मौलिक अर्थ कुनै कुरामा निरन्तर लागिरहनु हो; मानौं व्यक्तिले स्वयम् लाई त्यस आज्ञापालनमा बाँधी दिएको छ। यो पनि भनिएको छ कि यस प्रकारको 'रिबात' सर्वोत्कृष्ट रिबात हो, जसरी यो भनिन्छ: 'जिहाद भनेको अन्तर्मनसँगको संघर्ष हो।' साथै, यो पनि सम्भव छ कि यहाँ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तात्पर्य सहज र सुलभ रिबातबारे बताउनु हो, अर्थात् यो रिबातका विविध प्रकारहरूमध्ये एक प्रकार हो।
  5. "रिबात" शब्दको पुनरावृत्ति र यसलाई "अल-रिबात" (निश्चित रूप) भनी परिभाषित गर्नुको उद्देश्य यी कर्महरूको महत्त्व र श्रेष्ठतालाई उजागर गर्नु हो।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الخميرية البنجابية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप