+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«أَلَا أَدُلُّكُمْ عَلَى مَا يَمْحُو اللهُ بِهِ الْخَطَايَا، وَيَرْفَعُ بِهِ الدَّرَجَاتِ؟» قَالُوا بَلَى يَا رَسُولَ اللهِ قَالَ: «إِسْبَاغُ الْوُضُوءِ عَلَى الْمَكَارِهِ، وَكَثْرَةُ الْخُطَا إِلَى الْمَسَاجِدِ، وَانْتِظَارُ الصَّلَاةِ بَعْدَ الصَّلَاةِ، فَذَلِكُمُ الرِّبَاطُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 251]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ र दर्जाहरू उच्च पार्नुहुन्छ ?" तिनीहरूले भने, "हे अल्लाहका दूत, (अवश्य नै) भन्नुहोस्।" उहाँले भन्नुभयो : "अप्ठ्यारो भए पनि राम्रोसँग वुजू गर्नु, अत्याधिक मस्जिद जानु र एक नमाजपछि अर्को नमाजको लागि पर्खनु, यही सुरक्षाको लागि पहरेदारी हो ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 251]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूलाई सोध्नुभयो : के तिमीहरू यस्तो कामको बारेमा जान्न चाहन्छौं, जसद्वारा पापहरू पखालिन्छ, फरिश्ताले लेखेको पापलाई मेटाइन्छ र स्वर्गमा उच्च स्थान प्रदान गरिन्छ ?
सहाबाहरूले भने: हो, हामी यही चाहन्छौं, उहाँले भन्नुभयो:
पहिलो: कठिनाईका बावजुद राम्रोसँग पूर्ण तरिकाले वुजू गर्नु; जस्तै पानी चिसो छ, तातो छ, कम छ वा शरीर दुखिरहेको छ इत्यादि ।
दोस्रो: अत्याधिक कदम चल्नु भनेको घर टाढा भए पनि मस्जिद बारम्बार जानु ।
तेस्रो: नमाजको समय कहिले हुन्छ भनेर प्रतीक्षा गर्ने, नमाजसँग हृदयको नाता जोड्ने, नमाजको लागि तयारी गर्ने, मस्जिदमा बसेर जमातको प्रतीक्षा गर्ने र एक नमाज पढिसकेपछि अर्को नमाजको लागि पर्खने ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यी कामहरू नै वास्तविक रिबात (पहरेदारी) हुन् भनेर बताउनुभयो; किनभने यसले आत्मा भित्र शैतानको बाटोलाई अवरुद्ध गर्दछ, इच्छाहरूलाई पराजित गर्दछ, शंकाहरू निवारण गर्दछ र यसरी हिजबुल्लाह (अल्लाहको जमात) ले शैतानको सिपाहीलाई पराजित गर्दछन्; वास्तवमा, यो सबैभन्दा ठूलो जिहाद हो र शत्रु विरुद्ध रिबात (पहरेदारी) को कायममुकाम हो ।

हदीसका केही फाइदाहरू

  1. मस्जिदमा सामूहिक नमाज कायम गर्नको महत्त्व, नमाजमा ध्यान दिनु र यसलाई कदापी बेवास्ता नगर्नु ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई ठूलो सवाब (पुण्य) बारे प्रश्न सोधेर उत्साहित बनाउनुभयो र यो शिक्षाको एक उत्कृष्ट तरिका हो ।
  3. प्रश्न र उत्तरको शैलीमा केही कुरा प्रस्तुत गर्दा मानिसको मन मस्तिष्कमा त्यो असर गर्दछ ।
  4. इमाम नववी (रहिमहुल्लाहु) ले रिबात (पहरेदारी) को अर्थ स्पष्ट पार्दै भनेका छन्: यो उत्तम रिबात (पहरेदारी) हो । वास्तवमा, रिबात (पहरेदारी) भनेको आफुलाई सीमित गर्नु हो, मानौं उसले यस आज्ञाकारिताको लागि आफूलाई कैद गरेको छ । अर्को अर्थ: जसरी जिहादलाई आत्मको जिहाद भनिएको छ त्यसरी यसलाई उत्तम रिबात (पहरेदारी) भनिएको हो । अर्को अर्थ: उपलब्ध र सम्भव हरेक रिबात (पहरेदारी) लाई यसमा समावेश गरिएको हो ।
  5. यो कामको महिमा र उत्कृष्टताले गर्दा "रिबात" शब्दलाई दोहोर्याइएको छ र साथै ‘अल’ पनि थपिएको हो ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप