عَنْ أَبِي الدَّرْدَاءِ رضي الله عنه قَالَ: قَالَ النَّبِيُّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«أَلاَ أُنَبِّئُكُمْ بِخَيْرِ أَعْمَالِكُمْ، وَأَزْكَاهَا عِنْدَ مَلِيكِكُمْ، وَأَرْفَعِهَا فِي دَرَجَاتِكُمْ وَخَيْرٌ لَكُمْ مِنْ إِنْفَاقِ الذَّهَبِ وَالوَرِقِ، وَخَيْرٌ لَكُمْ مِنْ أَنْ تَلْقَوْا عَدُوَّكُمْ فَتَضْرِبُوا أَعْنَاقَهُمْ وَيَضْرِبُوا أَعْنَاقَكُمْ؟» قَالُوا: بَلَى. قَالَ: «ذِكْرُ اللهِ تَعَالَى».
[صحيح] - [رواه الترمذي وابن ماجه وأحمد] - [سنن الترمذي: 3377]
المزيــد ...
अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"के म तिमीहरूलाई तिम्रो सबैभन्दा उत्तम कर्म, तिम्रो पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने, सुन र चाँदी दान गर्नुभन्दा उत्तम, र शत्रुसँगको भेटमा तिमीले उनीहरूको र उनीहरूले तिम्रो घाँटीमा प्रहार गर्नुभन्दा पनि उत्कृष्ट कर्मको बारेमा नबताऊँ? सहाबाहरूले भने: 'अवश्य बताउनुहोस्।' उहाँले भन्नुभयो: 'अल्लाहको अत्यधिक जिक्र (स्मरण) गर्नु।'"
[सही] - [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3377]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूलाई सोध्नुभयो:
के तिमीहरू चाहन्छौ कि म तिमीहरूलाई सबैभन्दा उत्तम, सबैभन्दा प्रतिष्ठित, सबैभन्दा बढी प्रतिफल दिने र महान् अल्लाहको नजरमा सबैभन्दा पवित्र तथा शुद्ध कर्महरूको बारेमा बताऊँ?
जसले स्वर्गमा तिमीहरूको दर्जालाई उच्च पार्ने छ ?
र जुन सुन चाँदी दान दिनु भन्दा राम्रो र उत्तम हो?
साथै, काफिरहरूसँग युद्ध गर्न र तिमीहरूले तिनीहरूको र तिनीहरूले तिमीहरूको घाँटीमा प्रहार गर्नु भन्दा उत्कृष्ट हो?
सहाबाले भने : हो, हामी जान्न चाहन्छौं ।
उहाँले भन्नुभयो: सबैभन्दा उत्तम र सर्वोत्कृष्ट कर्म भनेको हरेक समय, हरेक अवस्था र परिस्थितिहरूमा अल्लाहको जिक्र (स्मरण) गर्नु र सम्झनु हो ।