عَنْ سُلَيْمَانَ بْنِ صُرَدٍ رضي الله عنه قَالَ:
كُنْتُ جَالِسًا مَعَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ وَرَجُلاَنِ يَسْتَبَّانِ، فَأَحَدُهُمَا احْمَرَّ وَجْهُهُ، وَانْتَفَخَتْ أَوْدَاجُهُ، فَقَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «إِنِّي لَأَعْلَمُ كَلِمَةً لَوْ قَالَهَا ذَهَبَ عَنْهُ مَا يَجِدُ، لَوْ قَالَ: أَعُوذُ بِاللَّهِ مِنَ الشَّيْطَانِ، ذَهَبَ عَنْهُ مَا يَجِدُ» فَقَالُوا لَهُ: إِنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «تَعَوَّذْ بِاللَّهِ مِنَ الشَّيْطَانِ»، فَقَالَ: وَهَلْ بِي جُنُونٌ؟
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 3282]
المزيــد ...
सुलैमान बिन सुरद (रज़ियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ कि उनले भने:
"म एकदिन पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमसँग बसेको थिएँ। त्यही बेला दुई व्यक्ति एकअर्कालाई गाली गरिरहेका थिए। तीमध्ये एकजनाको अनुहार रातो भएको थियो र उसको घाँटीका नसाहरू फुलेका थिए। तब पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: "म एक यस्तो कुरा जान्दछु, जुन यदि उसले भनेको भए, उसको मनको क्रोध हट्ने थियो। यदि उसले भनेको भए: अउजु बिल्लाहि मिन अश्शैतानिर रजिम (म शैतानको (प्रलोभन) बाट अल्लाहको शरण चाहन्छु ), तब उसको क्रोध शान्त हुने थियो"। त्यहाँ उपस्थितहरूले त्यो मानिसलाई भने: नबी सल्लल्लाहु अलैहि वसल्लमले भनेका छन्: «शैतानबाट बच्न अल्लाहको शरण मागनु»। तर उसले जवाफ दियो: ‘के म पागल छु?
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 3282]
दुई व्यक्तिले नबी (सल्लल्लाहु अलैहि वसल्लम)को अगाडि गाली-गलौज र झगडा गरे। तीमध्ये एकजनाको अनुहार रातो भएको थियो, र उसको घाँटी वरिपरिका नशाहरू फुलिएका थिए।
तब नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो: म एक यस्तो शब्दलाई जान्दछु, यदि यो क्रोधित व्यक्ति यसलाई भन्छ भने, उसको क्रोध शान्त हुनेछ। यदि उसले भन्यो: (أعوذ بالله من الشيطان الرجيم) 'म शैतानको प्रलोभनबाट अल्लाहको शरणमा चाहन्छु, भने उसको क्रोध शान्त हुनेछ।
तिनीहरुले भने: नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले भनेका छन्: शैतानबाट बच्न अल्लाहको शरण माग ।
त्यस व्यक्तिले भन्यो: के म पागल हो ? र उसले सोचे कि शैतानबाट शरण माग्नु भनेको केवल पागल मानिसले मात्र गर्ने कुरा हो।