عن ابن مسعود رضي الله عنه قال: قال النبي صلى الله عليه وسلم:
«الْجَنَّةُ أَقْرَبُ إِلَى أَحَدِكُمْ مِنْ شِرَاكِ نَعْلِهِ، وَالنَّارُ مِثْلُ ذَلِكَ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 6488]
المزيــد ...

अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 6488]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कि स्वर्ग र नर्क मानिसदेखि त्यत्तिकै नजिक छ जति खुट्टाको माथिल्लो भागमा रहेको जुत्ताको फित्ता । किनकि अल्लाहलाई खुशी पार्ने असल कर्मको कारणले मानिस स्वर्गमा प्रवेश हुन सक्छ, भने अल्लाहलाई क्रोधित गर्ने पापले गर्दा नर्कमा जानसक्छ ।

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा थोरै भए पनि असल कर्म गर्ने प्रेरणा र थोरै भए पनि पाप कर्मबाट टाढै रहने चेतावनी दिइएको छ।
  2. मुस्लिमको जीवनमा आशा र डर दुवैको संयोजन हुनुपर्छ र अल्लाहसँग सधैं सत्यमा अडिग रहने प्रार्थना गर्नुपर्छ, ताकि ऊ आफ्नो अवस्थाबाट धोकामा नपरोस् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप