عن جابر بن عبد الله رضي الله عنهما قال: سمعت رسول الله صلى الله عليه وسلم يقول:
«مَنْ لَقِيَ اللهَ لَا يُشْرِكُ بِهِ شَيْئًا دَخَلَ الْجَنَّةَ، وَمَنْ لَقِيَهُ يُشْرِكُ بِهِ دَخَلَ النَّارَ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 93]
المزيــد ...

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम)लाई भन्दै गरेको सुनें :
"जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 93]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरी मर्छ, उसको गन्तव्य स्वर्ग हुनेछ, यद्यपि कुनै पापको कारणले उसलाई केही यातनाहरू भोग्न परोस् । त्यसैगरी अल्लाहसँग कसैलाई साझेदार गरेको अवस्थामा मर्ने व्यक्ति सधैं नरकमा रहनेछ ।

हदीसका केही फाइदाहरू

  1. यस हदीस बाट "तौहीद" (एकेश्वरवाद) को सद्गुण र यसले नरकमा अनन्त रहनबाट मुक्त गर्नेछ भन्ने कुरो थाहा हुन्छ।
  2. स्वर्ग र नर्क दुवै व्यक्ति नजिकै छन् । व्यक्ति र स्वर्ग र नर्कको बीचमा मात्र मृत्युको बाधा छ ।
  3. यस हदीसमा ठूला वा साना सबै प्रकारका शिर्कहरू विरुद्ध चेतावनी दिइएको छ, किनकि नर्क बाट मुक्तिको लागि शिर्कबाट बच्न आवश्यक छ ।
  4. कर्महरूको सार अन्तिम कर्मामा नै निर्भर छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप