+ -

عن ابْنِ عُمَرَ رضي الله عنهما أنه سَمِعَ رَجُلًا يَقُولُ: لَا وَالْكَعْبَةِ، فَقَالَ ابْنُ عُمَرَ: لَا يُحْلَفُ بِغَيْرِ اللَّهِ، فَإِنِّي سَمِعْتُ رَسُولَ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«مَنْ حَلَفَ بِغَيْرِ اللهِ فَقَدْ كَفَرَ أَوْ أَشْرَكَ».

[صحيح] - [رواه أبو داود والترمذي وأحمد] - [سنن الترمذي: 1535]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, मैले एक व्यक्तिलाई यसो भन्दै गरेको सुने, "होइन, म काबाको कसम खान्छु," उनले भने: अल्लाह बाहेक अरू कसैको कसम खानु हुँदैन, किनकि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम)लाई भन्दै गरेको सुनें छु कि :
"जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।"

[सही] - [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 1535]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो, जसले अल्लाहको नाम र विशेषताहरू बाहेक अरू कुनै सृष्टिको कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्छ; किनभने कसम खाँदा कसम खाने व्यक्तिको महिमा आवश्य नै हुन्छ जबकि महिमा योग्य केवल अल्लाह हुनुहुन्छ । त्यसैले केवल उहाँको नाम र गुणहरूको कसम खानुपर्छ, उहाँ हरेक कमीकमजोरीबाट पवित्र हुनुहुन्छ । अल्लाह बाहेक अरू कसैको कसम खानु सानो शिर्क हो । तर कसम खाने व्यक्तिले कसम खाने कुरालाई अल्लाहको समान वा सोभन्दा बढी सम्मान दियो भने त्यो ठूलो शिर्क हुनेछ ।

हदीसका केही फाइदाहरू

  1. कसम र प्रतिज्ञा मा जुन सम्मान र आदर को भाव हुन्छ, त्यसको योग्य मात्र अल्लाह हुनुहुन्छ, त्यसैले अल्लाह र उहाँका नाम तथा विशेषताहरू बाहेक अरू कसैको कसम खान अनुमति छैन ।
  2. सहाबा (साथी) हरू असल कुराको आदेश दिन र नराम्रो कामबाट अरुलाई रोक्न तत्पर रहनु हुन्थ्यो । विशेषगरी शिर्क वा कुफ्र जस्ता गलत कार्यको रोकथाममा ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية الأكانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप