+ -

عن أبي هريرة رضي الله عنه عن النبي صلى الله عليه وسلم:
«اللهُمَّ لَا تَجْعَلْ قَبْرِي وَثَنًا، لَعَنَ اللهُ قَوْمًا اتَّخَذُوا قُبُورَ أَنْبِيَائِهِمْ مَسَاجِدَ».

[صحيح] - [رواه أحمد] - [مسند أحمد: 7358]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु। अल्लाहको धिक्कार ती समुदायहरूमाथि होस्, जसले आफ्ना नबीहरूको चिहानलाई मस्जिद (पूजा गर्ने ठाउँ) बनाए"

[सही] - [अहमदले वर्णन गरेका छन्] - [मुस्नद अहमद - 7358]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो रब (प्रभु) सँग दुआ (प्रार्थना) गर्नुभयो, कि उहाँको चिहान मूर्ति झैं नबनोस्, जस्को आदरसत्कार गरि पुजा अर्चना गरिन्छ, र त्यस तर्फ फर्केर सजदा1 गरिन्छ । त्यसपछि उहाँले भन्नुभयो, जसले आफ्ना नबीहरूको चिहानलाई मस्जिदमा परिणत गरे, अल्लाहले तिनीहरुलाई आफ्नो कृपाबाट टाढा गर्नु भएको छ । किनकि चिहानलाई उपासना गर्ने ठाउँ बनाउनु भनेको तिनीहरूको पूजा गर्नु र त्यस प्रति आस्था स्थापित गर्नु हो ।

हदीसका केही फाइदाहरू

  1. नबीहरू र धर्मी मानिसहरूको चिहानको सम्बन्धमा शरियतको सीमाभन्दा बाहिर जानु भनेको वास्तवमा अल्लाहको सट्टा तिनीहरूको पूजा गर्नु हो । त्यसैले शिर्कको माध्यमबाट बाँच्न जरुरी छ ।
  2. चिहानमा गाडिएको व्यक्ति जतिसुकै अल्लाहको नजिक किन नहोस्, त्यस चिहान‌को सम्मान र त्यहाँ पूजा गर्न नियतले जान अनुमति छैन ।
  3. चिहानमाथि मस्जिद बनाउनु हराम (निषेध) हो ।
  4. त्यहाँ मस्जिद नबनाए पनि चिहान नजिकै नमाज पढ्नु निषेध गरिएको छ । हो, यदि जनाजा (अन्त्येष्टि) को नमाज पढिएको छैन भने, मृतकको चिहान निर अन्त्येष्टिको नमाज पढ्नको लागि अनुमति छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية الأكانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप