عَنْ عَائِشَةَ أُمِّ المؤمنين رضي الله عنها:
أَنَّ أُمَّ سَلَمَةَ ذَكَرَتْ لِرَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَنِيسَةً رَأَتْهَا بِأَرْضِ الْحَبَشَةِ، يُقَالُ لَهَا مَارِيَةُ، فَذَكَرَتْ لَهُ مَا رَأَتْ فِيهَا مِنَ الصُّوَرِ، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «أُولَئِكَ قَوْمٌ إِذَا مَاتَ فِيهِمُ الْعَبْدُ الصَّالِحُ، أَوِ الرَّجُلُ الصَّالِحُ، بَنَوْا عَلَى قَبْرِهِ مَسْجِدًا، وَصَوَّرُوا فِيهِ تِلْكَ الصُّوَرَ، أُولَئِكَ شِرَارُ الْخَلْقِ عِنْدَ اللهِ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 434]
المزيــد ...
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्,
उम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा देखेको मारिया नामको चर्च र त्यस भित्र कोरिएका तस्बिरहरू बयान गरिन् । तब उहाँले भन्नुभयो : "तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो भने, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे र त्यसमा यी चित्रहरू राख्थे । तिनीहरू अल्लाहको नजरमा सबैभन्दा खराब प्राणी हुन् ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 434]
उम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा हुँदा मारिया नामको चर्चमा देखेको तस्वीर, चित्रहरू र सजावटहरू बयान गरिन्; अचम्मको कुरा! तसर्थ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यी चित्रहरूलाई चर्चहरूमा राख्ने कारणहरू स्पष्ट पार्नुभयो; उहाँले भन्नुभयो : तिमीले जसको बारेमा बयान गर्यौ, तिनीहरूमध्ये जब कोही धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो उनीहरू उसको चिहानमा मस्जिद बनाइदिने र त्यसमा नमाज पढ्ने र त्यसभित्र तस्विर राख्ने गर्थे । उहाँले थप व्याख्या गर्नुभयो, यस प्रकारको काम गर्ने व्यक्ति अल्लाहको नजरमा सबैभन्दा खराब सृष्टि हो; किनकि उसको यो कार्यले शिर्कको ढोका खोल्छ ।