عن ابنِ عَبَّاسٍ رضي الله عنهما عن النبيِّ صلى الله عليه وسلم قال:
«أُمِرْتُ أَنْ أَسْجُدَ عَلَى سَبْعَةِ أَعْظُمٍ: عَلَى الْجَبْهَةِ وَأَشَارَ بِيَدِهِ عَلَى أَنْفِهِ، وَالْيَدَيْنِ، وَالرُّكْبَتَيْنِ، وَأَطْرَافِ الْقَدَمَيْنِ، وَلَا نَكْفِتَ الثِّيَابَ وَالشَّعَرَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 812]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मलाई सातवटा अंगहरूमा सजदा गर्न आदेश दिइएको छ: निधार, नाक (उहाँले आफ्नो हातले नाकतिर सङ्केत गर्नुभयो), दुवै हात, दुवै घुँडा र दुवै खुट्टाका औंलाहरूमा। (त्यसैगरी सज्दा गर्दैमा) कपडा र कपाललाई बाँध्नु वा समेट्नु बाट मनाही गरिएको छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 812]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले उहाँलाई नमाज पढ्दा शरीरको सातवटा अंगहरूमा सजदा गर्न आदेश दिनुभएको छ। यी सात अंगहरू यस प्रकार छन्:
१) निधार, यो नाक र आँखामाथि अनुहारको भाग हो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अनुहारको नाम लिने क्रममा हातले नाकतिर इशारा गरेर निधार र नाक एउटै अंग हो र यो सातमध्ये एक हो र सज्दा गर्नेले नाक भुइँमा राख्नुपर्छ भनी बताउनुभयो ।
२) र ३) दुवै हात ।
४) र ५) दुवै घुँडा ।
६) र ७) दुवै खुट्टाका औंलाहरू ।
उहाँले हामीलाई सज्दा गर्दा आफ्नो कपाल र कपडालाई बचाउनको लागि बाँध्न वा जम्मा नगर्न आदेश पनि दिनुभयो, बरु, हामीलाई कपाल र कपडालाई जुन अवस्थामा छ त्यही अवस्थामा छोड्न आदेश दिनुभयो ताकि सज्दा गर्दा ती अङ्गहरूसँगै जमिनमा परून्।

हदीसका केही फाइदाहरू

  1. नमाज पढ्दा सात अंगहरूमा सज्दा गर्नु अनिवार्य छ ।
  2. नमाज पढ्ने अवस्थामा कपडा र कपाल बाँध्न वा जम्मा गर्न निषेध गरिएको छ ।
  3. नमाज पढ्ने व्यक्तिले नमाजमा शान्ति र स्थिरता कायम राख्नुपर्छ। यसका लागि, नमाज पढ्ने व्यक्तिले सज्दाका सातवटा अङ्गहरूलाई जमिनमा स्थिर राख्नुपर्छ र तोकिएको प्रमाणित जिक्र र दुआलाई शान्तिपूर्वक पढ्नुपर्छ।
  4. कपाल बाँध्न निषेध गर्ने नियम पुरुषहरूका लागि मात्र लागू हुन्छ, महिलाहरूका लागि होइन। किनकि महिलाहरूलाई नमाजमा आफूलाई ढाक्न आदेश दिइएको छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (56)
थप