+ -

عن ابنِ عَبَّاسٍ رضي الله عنهما عن النبيِّ صلى الله عليه وسلم قال:
«أُمِرْتُ أَنْ أَسْجُدَ عَلَى سَبْعَةِ أَعْظُمٍ: عَلَى الْجَبْهَةِ وَأَشَارَ بِيَدِهِ عَلَى أَنْفِهِ، وَالْيَدَيْنِ، وَالرُّكْبَتَيْنِ، وَأَطْرَافِ الْقَدَمَيْنِ، وَلَا نَكْفِتَ الثِّيَابَ وَالشَّعَرَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 812]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मलाई सातवटा अंगहरूमा सजदा गर्न आदेश दिइएको छ: निधार, नाक (उहाँले आफ्नो हातले नाकतिर सङ्केत गर्नुभयो), दुवै हात, दुवै घुँडा र दुवै खुट्टाका औंलाहरूमा। (त्यसैगरी सज्दा गर्दैमा) कपडा र कपाललाई बाँध्नु वा समेट्नु बाट मनाही गरिएको छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 812]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले उहाँलाई नमाज पढ्दा शरीरको सातवटा अंगहरूमा सजदा गर्न आदेश दिनुभएको छ। यी सात अंगहरू यस प्रकार छन्:
१) निधार, यो नाक र आँखामाथि अनुहारको भाग हो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अनुहारको नाम लिने क्रममा हातले नाकतिर इशारा गरेर निधार र नाक एउटै अंग हो र यो सातमध्ये एक हो र सज्दा गर्नेले नाक भुइँमा राख्नुपर्छ भनी बताउनुभयो ।
२) र ३) दुवै हात ।
४) र ५) दुवै घुँडा ।
६) र ७) दुवै खुट्टाका औंलाहरू ।
उहाँले हामीलाई सज्दा गर्दा आफ्नो कपाल र कपडालाई बचाउनको लागि बाँध्न वा जम्मा नगर्न आदेश पनि दिनुभयो, बरु, हामीलाई कपाल र कपडालाई जुन अवस्थामा छ त्यही अवस्थामा छोड्न आदेश दिनुभयो ताकि सज्दा गर्दा ती अङ्गहरूसँगै जमिनमा परून्।

हदीसका केही फाइदाहरू

  1. नमाज पढ्दा सात अंगहरूमा सज्दा गर्नु अनिवार्य छ ।
  2. नमाज पढ्ने अवस्थामा कपडा र कपाल बाँध्न वा जम्मा गर्न निषेध गरिएको छ ।
  3. नमाज पढ्ने व्यक्तिले नमाजमा शान्ति र स्थिरता कायम राख्नुपर्छ। यसका लागि, नमाज पढ्ने व्यक्तिले सज्दाका सातवटा अङ्गहरूलाई जमिनमा स्थिर राख्नुपर्छ र तोकिएको प्रमाणित जिक्र र दुआलाई शान्तिपूर्वक पढ्नुपर्छ।
  4. कपाल बाँध्न निषेध गर्ने नियम पुरुषहरूका लागि मात्र लागू हुन्छ, महिलाहरूका लागि होइन। किनकि महिलाहरूलाई नमाजमा आफूलाई ढाक्न आदेश दिइएको छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप