उप-श्रेणीहरू

हदीसहरूको सूची

मलाई सात हड्डी (अंग) हरू : निधार, र उहाँले आफ्नो हातले आफ्नो नाकतिर संकेत गर्नुभयो, दुवै हात, दुबै घुँडा र दुबै खुट्टाको औंलाहरूमा सजदा गर्न आदेश दिइएको छ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
عربي अंग्रेजी उर्दू
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) (तकबीर) भनेर नमाज शुरु गर्नुहुन्थ्यो र जब रुकुको लागि तकबीर भन्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हातहरू काँध बराबर उठाउनु हुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तशह्हुद सिकाउनु हुन्थ्यो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
जब तिमी सज्दा गर्छौ, आफ्ना हत्केला जमीनमा राख र कुहिनोलाई उठाऊ।
عربي अंग्रेजी उर्दू
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) संग नमाज पढें। उहाँले आफ्नो दाहिने पट्टि यसरी सलाम गर्नुहुन्थ्यो: 'अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह।' अनि आफ्नो बायाँ पट्टि यसरी सलाम गर्नुहुन्थ्यो: 'अस्सलामु अलैकुम व रहमतुल्लाह।'
عربي अंग्रेजी उर्दू
रसूलुल्लाह (सलल्लाहु अलैहि वसल्लम)ले फज्रको नमाजका दुई रकआतहरूमा { सूरा अल-काफिरून} र {सूरा अल-इखलास} पाठ गर्नु हुन्थ्यो।
عربي अंग्रेजी उर्दू
हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हो, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।
عربي अंग्रेजी उर्दू
जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एकले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस्
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम, जसको हातमा मेरो जीवन छ, म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँको निधन भयो ।
عربي अंग्रेजी उर्दू
सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।
عربي अंग्रेजी उर्दू
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर
عربي अंग्रेजी उर्दू