+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«أَسْوَأُ النَّاسِ سَرَقَةً الَّذِي يَسْرِقُ صَلَاتَهُ» قَالَ: وَكَيْفَ يَسْرِقُ صَلَاتَهُ؟ قال: «لَا يُتِمُّ رُكُوعَهَا، وَلَا سُجُودَهَا».

[صحيح] - [رواه ابن حبان]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो सलाहमा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकु र सज्दा गर्दैन ।"

सही - इब्ने हिब्बानले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सबैभन्दा खराब चोर त्यो हो जसले आफ्नो सलाहमा चोरी गर्छ । किनभने अर्काको सम्पत्ति चोरेर मानिसले सांसारिक फाइदा लिन सक्छ तर प्रार्थनामा चोरी गर्नेले आफ्नो हकको पुण्य र इनाम चोर्छ । साथीहरूले सोधे, हे अल्लाहका रसूल ! नमाजमा चोरी गर्नुको अर्थ के हो? उहाँले जवाफ दिनुभयो: यसको मतलब भनेको व्यक्तिले रुकु र सज्दा पूर्ण रूपमा नगर्नु हो; अर्थात् छिटो छिटो रुकुअ र स्ज्दा गर्ने र सुन्नत अनुसार नगर्ने हो ।

अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली टर्की सिंहला हिन्दी भियतनामी हौसा तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. राम्रोसँग सलाह पढ्नु र यसका अनिवार्य कुराहरुलाई नम्रताका साथ गर्नुको महत्त्व ।
  2. रुकु र सज्दा पूर्णतया नगर्नेलाई चोर भन्नु भनेको यसप्रति घृणा जगाउने र यो निषेध हो भनेर चेतावनी दिने हो ।
  3. रुकु र सज्दा पूर्ण शान्तिपूर्वक गर्नु वाजिब हो ।
थप