عَن ابْنِ عُمَرَ رضي الله عنهما:
أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ يَرْفَعُ يَدَيْهِ حَذْوَ مَنْكِبَيْهِ إِذَا افْتَتَحَ الصَّلَاةَ، وَإِذَا كَبَّرَ لِلرُّكُوعِ، وَإِذَا رَفَعَ رَأْسَهُ مِنَ الرُّكُوعِ، رَفَعَهُمَا كَذَلِكَ أَيْضًا، وَقَالَ: «سَمِعَ اللَّهُ لِمَنْ حَمِدَهُ، رَبَّنَا وَلَكَ الحَمْدُ»، وَكَانَ لاَ يَفْعَلُ ذَلِكَ فِي السُّجُودِ.
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 735]
المزيــد ...
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तकबीर भनी नमाज सुरु गर्नुहुन्थ्यो र जब रुकुका लागि तकबीर भन्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात काँधसम्म उठाउनुहुन्थ्यो। रुकुबाट टाउको उठाउँदा पनि त्यसैगरी दुवै हात उठाउनुहुन्थ्यो र “समिअल्लाहु लिमन् हमिदह, रब्बना व लकल-हम्द” भन्नुहुन्थ्यो। जबकि सज्दामा यसो गर्नुहुन्नथ्यो।
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 735]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाजमा तीन स्थानमा आफ्ना दुवै हात काँधको अगाडि वा सो बराबर (काँध अर्थात्, काँधको हड्डी र माथिल्लो बाहुको जोर्नी) सम्म उठाउनुहुन्थ्यो।
पहिलो स्थान: जब नमाज़को सुरुमा तकबीर-ए-तहरीमा (अल्लाहु अक्बर) भन्दै नमाज़ आरम्भ गर्नुहुन्थ्यो।
दोस्रो स्थान: जब रुकूमा जानेको लागि तकबीर (अल्लाहु अक्बर) भन्नुहुन्थ्यो।
तेस्रो स्थान: जब रुकूबाट टाउको उठाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो: "समीअल्लाहु लिमन् हमिदह, रब्बना व लकल हम्द" (अल्लाहले प्रशंसा गर्नेलाई सुन्नुहुन्छ, हे हाम्रा पालनकर्ता! सबै प्रशंसा तिम्रै लागि हो)।
र उहाँले सज्दामा जाँदा र सज्दाबाट उठ्ने बेलामा हात उठाउनुहुन्थेन।