عن عَائِشَةَ رضيَ الله عنها قالت: إِنِّي سمعْتُ رسولَ الله صلى الله عليه وسلم يقول:
«لَا صَلَاةَ بِحَضْرَةِ الطَّعَامِ، وَلَا هُوَ يُدَافِعُهُ الْأَخْبَثَانِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 560]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें :
"खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 560]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खानाको उपस्थितिमा नमाज पढ्न निषेध गर्नुभयो, किनभने व्यक्तिको हृदय खानामा अल्झेको हुन्छ र पूर्ण एकाग्रताका साथ नमाज पढ्न सक्दैन ।
त्यसैगरी, दिसा पिसाबले च्यापेको अवस्थामा पनि नमाज पढ्न निषेध गरिएको छ, किनभने व्यक्तिको ध्यान त्यसैमा अल्झेको हुन्छ ।

हदीसका केही फाइदाहरू

  1. "व्यक्तिले नमाजमा प्रवेश गर्नु/ शुरू गर्नु अघि एकाग्रता अपनाउन ध्यान भङ्ग गर्ने सबै कुराहरू हटाउनुपर्छ।"
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (59)