+ -

عن أنس بن مالك رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«مَنْ نَسِيَ صَلَاةً فَلْيُصَلِّ إِذَا ذَكَرَهَا، لَا كَفَّارَةَ لَهَا إِلَّا ذَلِكَ: {وَأَقِمِ الصَّلاةَ لِذِكْرِي} [طه: 14]».

[صحيح] - [متفق عليه]
المزيــد ...

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"यदि कुनै व्यक्तिले सलाह पढ्न बिर्सियो भने सम्झना हुने बित्तिकै सलाह पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो : {र मेरो सम्झनाका लागि सलाह स्थापना गर} [ताहा: १४] ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, यदि कुनै व्यक्तिले कुनै फर्ज नमाज पढ्न बिर्सियो र त्यसको समय सकियो भने सम्झना हुने बित्तिकै ढिलो नगरीकन त्यसलाई पढ्नु पर्छ । वास्तवमा, समयमा प्रार्थना नगर्ने पाप मेटाउने एकमात्र उपाय भनेको याद गर्ने बित्तिकै यसलाई पढ्नु हो । अल्लाहले पवित्र कुर्नआनमा भन्नुभएको छ: "र मेरो सम्झनाको लागि प्रार्थना स्थापना गर ।" [ताहा: १४] अर्थात्, बिर्सिएको नमाजलाई सम्झँदाका साथ पढ्नु ।

अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली टर्की सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. इस्लाममा सलाहको महत्त्व र समयमानै सलाह पढ्न वा कथमकदाचित छुट्यो भने कजा (पछि पढ्नु) गर्नमा अल्छी वा लापरवाही नगर्न चेतावनी ।
  2. कुनै वैध कारण बिना नमाजलाई निर्धारित समयबाट जानाजानी ढिलो गर्न अनुमति छैन ।
  3. बिर्सने व्यक्तिले याद आउनसाथ र सुतेको व्यक्तिले उठ्दा अनिवार्य रुपमा नमाज पढ्नु पर्छ ।
  4. निषेधित समयमा पनि छुटेको सलाह तुरुन्तै पढ्नुपर्छ ।
थप