عن بريدة بن الحصيب رضي الله عنه أنه قال:
بَكِّرُوا بِصَلَاةِ الْعَصْرِ، فَإِنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «مَنْ تَرَكَ صَلَاةَ الْعَصْرِ فَقَدْ حَبِطَ عَمَلُهُ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 553]
المزيــد ...

बुरैदह बिन हुसैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने :
अस्रको नमाज चाँडै पढ्नुहोस् । किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: " जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 553]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अस्रको नमाजलाई निर्धारित समयबाट जानाजानी ढिलो नगर्ने चेतावनी दिनुभएको छ र यसो गर्ने व्यक्तिको कर्म बर्बाद र व्यर्थ हुनेछ भनी बताउनुभएको छ ।

हदीसका केही फाइदाहरू

  1. अस्रको नमाज पहिलो समयमा पढ्ने र त्यसको लागि पहल गर्ने प्रोत्साहन ।
  2. अस्रको नमाज छोड्नेलाई धेरै कडा चेतावनी दिइएको छ । अन्य नमाज भन्दा अस्रको नमाज समयमै नपढ्नु ठूलो पाप हो । किनभने यो मध्य सलाह (नमाज) हो, जुन कुर्आनको यस आयतमा विशेष रूपमा आदेश दिइएको छ: "सबै नमाजहरूको र (विशेष गरी) मध्य नमाज (अस्र) को रक्षा गर्नुहोस् ।" [सूरह अल-बकरह: २३८]
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप