+ -

عن عمرو بن شُعيب عن أبيه عن جدِّه قال: قال رسولُ الله صلى الله عليه وسلم:
«مُرُوا أولادكمِ بالصلاةِ وهم أبناءُ سبعِ سِنينَ، واضرِبوهم عليها وهم أبناءُ عَشرٍ، وفرِّقوا بينهم في المَضاجِعِ».

[حسن] - [رواه أبو داود] - [سنن أبي داود: 495]
المزيــد ...

अम्र बिन शुऐबले आफ्नो बुबाद्वारा आफ्नो हजुरबुवाबाट नकल गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।"

[हसन] - [अबू दाऊदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 495]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, बुबाले आफ्नो सन्तान (छोराछोरी) लाई सात वर्षको हुँदा नमाज पढ्न आदेश दिनुपर्छ र यसलाई स्थापित गर्न आवश्यक कुराहरू सिकाउनुपर्छ । तिनीहरू दस वर्ष पुगेपछि लापरवाही गर्छन् भने पिट्न भनिएको छ र उनीहरूको ओछ्यान पनि अलग गर्न आदेश दिइएको छ ।

हदीसका केही फाइदाहरू

  1. बालबालिकाहरूलाई बालिग हुनु अघि दीन (धर्म) का आधारभूत कुराहरू सिकाउनु पर्छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण सलाह हो ।
  2. पिट्नु अनुशासनको लागि हो, यातनाको लागि होइन, त्यसैले अवस्था अनुरूप पिटाइ गर्नुपर्छ ।
  3. शरियतले इज्जत जोगाउन र भ्रष्टाचार निम्त्याउन सक्ने हरेक बाटो अवरुद्ध गरेको छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप