عن عبد الله بن مسعود رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول:
«إنَّ الرُّقَى والتَمائِمَ والتِّوَلَةَ شِرْكٌ».

[صحيح] - [رواه أبو داود وابن ماجه وأحمد] - [سنن أبي داود: 3883]
المزيــد ...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"निःसनदेह, रुक्या (अल्लाह बाहेक अरुको नाम लिएर गरिने झाडफूँक) गर्नु, तावीज बाँध्नु र टुनामुना गर्नु शिर्क हो ।"

[सही] - [अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 3883]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले केही चीजहरू उल्लेख गर्नुभएको छ जुन शिर्क हो । तीमध्ये केही कुराहरू यस प्रकार छन्:
१) रुक्या : अर्थात् शिर्कमा आधारित यस्ता कुराहरू जसलाई इस्लाम पूर्व (जाहिलियत काल) का मानिसहरू रोगबाट निको हुनको लागि पढ्थे ।
२) मोती वा सीप आदिबाट बनेको ताबीज, जसलाई बच्चा र जनावरहरूमा नराम्रो नजरबाट जोगाउन बाँधिन्छ ।
३) तिवला : श्रीमान्–श्रीमतीबीच माया गर्नका लागि टुनामुना गर्नु ।
यी सबै कुराहरू शिर्क हुन्; किनभने यसको नत शरियतबाट कुनै प्रमाण छ नत कुनै प्रमाणित भौतिक अनुभव । जहाँसम्म शरियतका उपायहरू छन्, जस्तै कुर्आन पढ्नु वा भौतिक साधनहरू, जस्तै औषधिहरू, जुन अनुभव वा परीक्षणबाट प्रमाणित छन्, यी केवल साधनहरू हुन् र नाफा-नोक्सानको मालिक अल्लाह हुनुहुन्छ भन्ने विश्वासका साथ प्रयोग गर्न अनुमति छ ।

हदीसका केही फाइदाहरू

  1. तौहीद (एक इश्वरवाद) र अकिदालाई दूषित गर्ने सबै चीजहरूबाट जोगिनु पर्छ ।
  2. बहुदेववादी रुक्या (झाडफूँक), ताबीज र टुनामुना निषेधित गरिएको छ ।
  3. यी तीन कुरालाई साधनको रूपमा लिनु शिर्कको सानो रूप (शिर्क असगर) हो; किनभने उसले कुनै कारण नभएको कुरालाई साधन बनाउँछ । तर यदि यिनलाई आफैंमा लाभदायक र हानिकारक मानिन्छन् भने त्यो ठूलो शिर्क (शिर्क अकबर) हो ।
  4. शिर्क र हराममा आधारित माध्यमहरू नअपनाउन चेतावनी ।
  5. शरियतद्वारा अनुमति दिइएको रुक्या बाहेक अन्य मन्त्रहरू पढ्नु र झाडफूँक गर्नु पनि शिर्क र हराम हो ।
  6. हृदयको सम्बन्ध अल्लाहसँग मात्र हुनुपर्छ । नाफा नोक्सानको मालिक उहाँ नै हुनुहुन्छ । उहाँका कोही साझेदार छैन भन्ने हृदयमा दृढ विश्वास हुनुपर्छ । जुनसुकै भलाई भएपनि अल्लाहले दिनुहुन्छ र केवल उहाँले हामीलाई खराबीबाट बचाउनु हुन्छ ।
  7. जायज रुक्या (झाडफूँक) का तीन सर्तहरू छन् : १) यो विश्वास राख्नु कि यो झारफुक केवल एक माध्यम हो र अल्लाहको अनुमति बिना लाभदायक छैन । २) झारफुक कुर्आनद्वारा, अल्लाहका नामहरू, उहाँका गुणहरू, अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा सिकाइएका दुआ (प्रार्थना) हरूबाट हुनुपर्छ । ३) बुझ्ने खाले भाषामा हुनुपर्छ, कुनै तन्त्र मन्त्र र जादु हुनु हुँदैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप