+ -

عن عبد الله بن مسعود رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول:
«إنَّ الرُّقَى والتَمائِمَ والتِّوَلَةَ شِرْكٌ».

[صحيح] - [رواه أبو داود وابن ماجه وأحمد]
المزيــد ...

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"निःसनदेह, रुक्या (झाडफूँक) गर्नु, तावीज बाँध्नु र पति-पत्नी बीच प्रेम सिर्जना गर्न टुनामुना गर्नु शिर्क हो ।"

सही - इब्ने माजहले वर्णन गरेका छन्

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले केही चीजहरू उल्लेख गर्नुभएको छ जुन शिर्क हो । तीमध्ये केही कुराहरू यस प्रकार छन्:
१) रुक्या : अर्थात् शिर्कमा आधारित यस्ता कुराहरू जसलाई इस्लाम पूर्व (जाहिलियत काल) का मानिसहरू रोगबाट निको हुनको लागि पढ्थे ।
२) मोती वा सीप आदिबाट बनेको ताबीज, जसलाई बच्चा र जनावरहरूमा नराम्रो नजरबाट जोगाउन बाँधिन्छ ।
३) तिवला : श्रीमान्–श्रीमतीबीच माया गर्नका लागि टुनामुना गर्नु ।
यी सबै कुराहरू शिर्क हुन्; किनभने यसको नत शरियाबाट कुनै प्रमाण छ नत कुनै प्रमाणित भौतिक अनुभव । जहाँसम्म शरिया कारणहरू, जस्तै कुर्आन पढ्नु वा भौतिक साधनहरू, जस्तै औषधिहरू, जुन अनुभव वा परीक्षणबाट प्रमाणित हुन्छ, यी केवल साधनहरू हुन् र नाफा-नोक्सानको मालिक अल्लाह हुनुहुन्छ भन्ने विश्वासका साथ प्रयोग गर्न अनुमति छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. तौहीद र अकिदालाई दूषित गर्ने सबै चीजहरूबाट जोगाउनु पर्छ ।
  2. बहुदेववादी रुक्या (झाडफूँक), ताबीज र पति-पत्नी बीच प्रेम सिर्जना गर्न टुनामुना निषेध हो ।
  3. यी तीन कुरालाई साधनको रूपमा लिनु शिर्कको सानो रूप (शिर्क असगर) हो; किनभने उसले कुनै करण नभएको कुरालाई साधन बनाउँछ । तर यदि यिनलाई आफैंमा लाभदायक र हानिकारक मानिन्छन् भने त्यो ठूलो शिर्क (शिर्क अकबर) हो ।
  4. शिर्क र हराममा आधारित माध्यमहरू नअपनाउन चेतावनी ।
  5. रुक्या; मन्त्रहरू पढ्नु र झाडफूँक गर्नु पनि शिर्क र हराम हो । त्यो रुक्या बाहेक जुन शरियतद्वारा अनुमति दिइएको छ ।
  6. हृदयको सम्बन्ध अल्लाहसँग मात्र हुनुपर्छ । नाफा नोक्सानको मालिक उहाँ नै हुनुहुन्छ । उहाँका कोही साझेदार छैन भन्ने हृदयमा दृढ विश्वास हुनुपर्छ । जुनसुकै भलाई भएपनि अल्लाहले दिनुहुन्छ र केवल उहाँले हामीलाई खराबीबाट बचाउनु हुन्छ ।
  7. जायज रुक्या (झाडफूँक) का तीन सर्तहरू छन् : १) यो केवल एक माध्यम हो र अल्लाहको अनुमति बिना लाभदायक छैन भनेर विश्वास हुनुपर्छ । २)
  8. कुर्आन, अल्लाहका नामहरू, उहाँका गुणहरू, अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा सिकाइएका दुआ (प्रार्थना) हरूबाट हुनुपर्छ । ३) बुझ्ने खाले भाषामा हुनुपर्छ, कुनै तावीज र जादु हुनु हुँदैन ।
थप