+ -

عَنْ عُثْمَانَ بْنِ أَبِي الْعَاصِ الثَّقَفِيِّ رضي الله عنه أَنَّهُ شَكَا إِلَى رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ وَجَعًا يَجِدُهُ فِي جَسَدِهِ مُنْذُ أَسْلَمَ، فَقَالَ لَهُ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«ضَعْ يَدَكَ عَلَى الَّذِي تَأَلَّمَ مِنْ جَسَدِكَ، وَقُلْ بِاسْمِ اللهِ ثَلَاثًا، وَقُلْ سَبْعَ مَرَّاتٍ أَعُوذُ بِاللهِ وَقُدْرَتِهِ مِنْ شَرِّ مَا أَجِدُ وَأُحَاذِرُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2202]
المزيــد ...

उस्मान बिन अबी अबुल् आस सकफी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : उहाँले इस्लाम कबुल गरेदेखि नै आफ्नो शरीरमा महसुस गरेको पीडाको बारेमा गुनासो गर्नु भयो, सो अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो:
"शरीरको जुन भागमा तिमीलाई दुख्छ त्यहाँ आफ्नो हात राख र तीन पटक भन: "बिस्मिल्लाह" र सात पटक "अऊज़ु बिल्लाहि व क़ुदरतिही मिन शर्रि मा अजिदु व उहाज़िरु" पढ। अर्थ: म अल्लाह र उहाँको सामर्थ्यद्वारा उहाँको शरण माग्छु त्यो कुराको खराबीबाट जो म महसुस गर्दैछु र जसको मलाई डर लागिरहेको छ ।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2202]

व्याख्या

उस्मान बिन अबू अल-आस (रजियल्लाहु अन्हु) लाई एक गम्भीर पीडा भयो, जसले उनलाई मृत्युको नजिक पुर्‍यायो। त्यसैले पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) उनलाई भेट्न जानुभयो र यस्तो दुआ सिकाउनुभयो जसले अल्लाहले उनको रोगलाई निको पारदिनुभयो। आफ्नो हात दुखेको स्थानमा राखेर तीन पटक (बिस्मिल्लाह) भन्नुहोस् र त्यसपछि सात पटक यसरी भन्नुहोस्: "अऊज़ु बिल्लाहि व क़ुदरतिही मिन शर्रि मा अजिदु व उहाज़िरु"। अर्थ: म अल्लाह र उहाँको सामर्थ्यद्वारा उहाँको शरण माग्छु त्यो कुराको खराबीबाट जो म महसुस गर्दैछु र जसको मलाई डर लागिरहेको छ । यस दुआले व्यक्तिको पीडा, डर वा भविष्यमा रोग फैलने खतराबाट बच्न सक्नेछ।

हदीसका केही फाइदाहरू

  1. हदीसमा उल्लेख गरिएझैं, मान्छेले आफुले आफैलाई रूक्या गर्नु मुस्तहब हो।
  2. अलापविलाप र आपत्ति जनाए विना नै गुनासो सुनाउनु धैर्य र अल्लाह माथि भरोसाको विपरीत होइन ।
  3. दुआ पनि माध्यम अपनाउनुमा समावेश छ, त्यसैले यसका शब्द र सङ्ख्याको पनि ख्याल अनिवार्य हुन्छ ।
  4. यो दुआ शरिरको कुनै पनि दुखाइमा पढ्न सकिन्छ ।
  5. यो दुआ पढ्दा, हात प्रभावित क्षेत्रमा राख्नु पर्छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई किन्यारवाण्डा रोमानियन हंगेरी الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्