عَنْ عَبْدَ اللَّهِ بْنِ عَمْرِو بْنِ العَاصِ رَضِيَ اللَّهُ عَنْهُمَا، قَالَ: قَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«إِنَّكَ لَتَصُومُ الدَّهْرَ، وَتَقُومُ اللَّيْلَ؟»، فَقُلْتُ: نَعَمْ، قَالَ: «إِنَّكَ إِذَا فَعَلْتَ ذَلِكَ هَجَمَتْ لَهُ العَيْنُ، وَنَفِهَتْ لَهُ النَّفْسُ، لاَ صَامَ مَنْ صَامَ الدَّهْرَ، صَوْمُ ثَلاَثَةِ أَيَّامٍ صَوْمُ الدَّهْرِ كُلِّهِ»، قُلْتُ: فَإِنِّي أُطِيقُ أَكْثَرَ مِنْ ذَلِكَ، قَالَ: «فَصُمْ صَوْمَ دَاوُدَ عَلَيْهِ السَّلاَمُ، كَانَ يَصُومُ يَوْمًا وَيُفْطِرُ يَوْمًا، وَلاَ يَفِرُّ إِذَا لاَقَى».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1979]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"के तिमी सधैं उपवास गर्छौ र रातभर इबादतमा उभिन्छौ?" मैले भनें: "हो! उहाँले भन्नुभयो: "यसो गर्नाले आँखा थाक्नेछ र शरीर कमजोर हुनेछ। जसले सधैं उपवास गर्छ उसले वास्तवमा उपवास गरेको मानिँदैन। महिनामा तीन पटक उपवास बस्नु भनेको वर्षभरि उपवास बस्नु जस्तै हो।" मैले भने: मसँग त्योभन्दा बढी उपवास बस्ने शक्ति छ। उहाँले भन्नुभयो: "त्यसो भए दाऊद (अलैहिस्सलाम) को बर्त पालना गर। उनी एक दिन बर्त बस्थे र एक दिन बस्दैनथे र शत्रुको सामना गर्दा भाग्दैनथे।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1979]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्षभरि निरन्तर उपवास बस्छन् र एक दिन पनि छोड्दैनन्। त्यसैगरी, उनी रातभरि प्रार्थना गर्छन् र सुत्दैनन् भन्ने कुरा थाहा पाइसकेपछि उनलाई त्यसो गर्नबाट निषेध गर्नुभयो र भन्नुभयो: "उपवास बस र र खाने पनि गर, राती तहज्जुदको नमाज पढ्इ र सुत पनि। उहाँले लगातार उपवास बस्न र रातभर नमाज पढ्न बाट रोकेर भन्नुभयो: यदि तिमीले यसो गर्‍यौ भने, तिम्रो आँखा कमजोर हुन्छ, धसिन्छ र भित्र पर्छ, तिम्रो शरीर कमजोर हुन्छ, र तिमी थाक्छौ तथा शिथिल हुन्छौ। जसले निरन्तर एक वर्षसम्म उपवास बस्छ उसले वास्तवमा उपवास गरेको मानिँदैन। किनभने उसले पैगम्बरको निषेधको उल्लङ्घन गरेकोले उपवासको पुण्य पाउँदैन, र खाने वा पिउने पनि गरेन। त्यसपछि उहाँले उसलाई प्रत्येक महिनाको तीन दिन उपवास राख्न निर्देशन दिनुभयो, जुन एक वर्ष बराबरको उपवास हो, किनकि प्रत्येक दिन दस दिन बराबर हुन्छ र यो एउटा पुण्यकर्मको सबैभन्दा कम गुणा हो। यो निर्देशन पछि, अब्दुल्लाहले भने: मसँग यो भन्दा बढी गर्ने शक्ति छ। जवाफमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: त्यसो भए दाऊद अलैहिस्सलामको उपवास गर, जुन सबैभन्दा उत्तम उपवास हो। उहाँ एक दिन उपवास गर्नुहुन्थ्यो र अर्को दिन उपवास गर्दैनथे र शत्रुको सामना गर्दा भाग्दैनथे, किनभने उनको उपवास राख्ने तरिकाले उनको शरीरलाई कमजोर हुन दिँदैनथ्यो।

हदीसका केही फाइदाहरू

  1. प्रत्येक महिनामा तीन दिन उपवास बस्नु भनेको पूरा वर्षभरि उपवास बस्नु जस्तै हो। किनभने पुण्यकर्मको प्रतिफल दश गुणा दिइन्छ। यसरी, तीनवटा उपवास तीस दिनको उपवास बराबर हुन्छ। त्यसैले, जसले प्रत्येक महिनामा तीन दिन उपवास बस्छ, उसले वर्षभरि उपवास बसे जस्तै भो।
  2. मानिसहरूलाई अल्लाहतर्फ आमन्त्रित गर्ने एउटा तरिका भनेको कर्म गर्न प्रोत्साहित गर्नु र यसको प्रतिफल र त्यसमा दृढ रहँदा प्राप्त हुने पुण्यको उल्लेख गर्नु हो।
  3. अल-खत्ताबीले भने: अब्दुल्लाह बिन अम्रको कथाको सार के हो भने अल्लाहले आफ्नो भक्तलाई केवल उपवास बसेर आफ्नो उपासना गर्न लगाउनु भएको छैन, बरु विभिन्न प्रकारका उपासनाहरूद्वारा आफ्नो उपासना गर्न आदेश दिनुभएको छ। यदि उसले सम्पूर्ण शक्ति उपवासमै खर्च गर्यो भने ऊ अन्य कुराहरूमा कमजोर हुनेछ। त्यसकारण, यसमा मध्यम हुनु राम्रो हो ताकि उसले अन्य कुराहरूको लागि केही शक्ति जोगाउन सकोस्। दाऊदको बर्त बस भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पनि संकेत गर्नुभएको थियो: "र जब उनी कसैसँग भेट्थे तब उनी भाग्दैनथे," किनभने उनी जिहादको लागि उपवास तोडेर आफूलाई बलियो बनाउन्थे।
  4. अतिवादमा जानु र उपासनामा ढोंग गर्नु निषेध छ र सबैभन्दा राम्रो कार्य भनेको सुन्नतको पालना गर्नु हो।
  5. अधिकांश विद्वानहरूको धारणा: वर्षभरि उपवास बस्नु मकरूह (अप्रिय) हो ।तर यदि कसैले आफ्नै शरीरमा अत्यधिक कठोरता ल्याएर हानि पुर्‍यायो, यसरी आफैँलाई बोझ बनायो, पैगम्बर ﷺ को सुन्नाहबाट विमुख भयो, र सुन्नाहभन्दा अरू उत्तम छ भन्ने विश्वास गर्यो भने त्यो हराम हुन्छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري मालागासी कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية البنجابية الماراثية
अनुवादहरू हेर्नुहोस्