عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«رَغِمَ أَنْفُ رَجُلٍ ذُكِرْتُ عِنْدَهُ فَلَمْ يُصَلِّ عَلَيَّ، وَرَغِمَ أَنْفُ رَجُلٍ دَخَلَ عَلَيْهِ رَمَضَانُ ثُمَّ انْسَلَخَ قَبْلَ أَنْ يُغْفَرَ لَهُ، وَرَغِمَ أَنْفُ رَجُلٍ أَدْرَكَ عِنْدَهُ أَبَوَاهُ الكِبَرَ فَلَمْ يُدْخِلاَهُ الجَنَّةَ».
[صحيح] - [رواه الترمذي وأحمد] - [سنن الترمذي: 3545]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
दुर्भाग्यग्रस्त हो त्यो मानिस जसको सामु मेरो नाम उल्लेख भयो तर उसले मलाई दरुद-सलाम पठाएन।
दुर्भाग्यग्रस्त हो त्यो मानिस जसलाई रमजान प्राप्त भयो तर रमजान सकिनु अघि क्षमा प्राप्त गर्न सकेन।
दुर्भाग्यग्रस्त हो त्यो मानिस जसले आफ्ना आमाबाबुलाई बुढेसकालमा पाए तर उनीहरूले उसलाई जन्नतमा प्रवेश गराउन सकेनन्।
[सही] - [तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3545]
पैगम्बर ﷺ ले तीन प्रकारका मानिसहरूलाई अपमान, हानी र दुर्भाग्यको कारण नाक धुलोमा घिसारियोस् भनेर सराप्नुभएको छ : पहिलो: ती व्यक्तिहरू हुन्, जसको उपस्थितिमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नाम उल्लेख गरिन्छ, तर तिनीहरूले (सल्लल्लाहु अलैहि वसल्लम आदि वाक्य) भनेर उहाँमाथि दरूद पठाउँदैनन्। दोस्रो: जसले रमजानको महिना पाए तर इबादतमा कमी गरेकाले महिना सकिनु अघि क्षमा प्राप्त गर्न सकेन। जसले आफ्ना बाबुआमा वृद्धावस्थामा पाए तर तिनीहरूलाई सम्मान र हक पूरा नगरेका कारण स्वर्गमा प्रवेशको कारण बन्न सकेन।