عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«رَغِمَ أَنْفُ رَجُلٍ ذُكِرْتُ عِنْدَهُ فَلَمْ يُصَلِّ عَلَيَّ، وَرَغِمَ أَنْفُ رَجُلٍ دَخَلَ عَلَيْهِ رَمَضَانُ ثُمَّ انْسَلَخَ قَبْلَ أَنْ يُغْفَرَ لَهُ، وَرَغِمَ أَنْفُ رَجُلٍ أَدْرَكَ عِنْدَهُ أَبَوَاهُ الكِبَرَ فَلَمْ يُدْخِلاَهُ الجَنَّةَ».
[صحيح] - [رواه الترمذي وأحمد] - [سنن الترمذي: 3545]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"त्यो व्यक्ति अपमानित होस्, जसको सामुन्ने मेरो नाम लिइयो तर उसले ममाथि दरुद (कृपा र शान्तिको प्रार्थना) पठाएन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसको जीवनमा रमजानको महिना प्राप्त भयो तर रमजान सकिनुअघि क्षमा प्राप्त गर्न सकेन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसले आफ्ना आमाबुबालाई बुढ्यौलीको अवस्थामा पायो तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्न सकेन।"
[सही] - [तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3545]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अपमान, हीनता र क्षतिको रूपमा तीन प्रकारका मानिसहरू अपमानित होस् भनेर सराप्नुभएको छ: पहिलो: ती व्यक्तिहरू हुन्, जसको उपस्थितिमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नाम उल्लेख गरिन्छ, तर उनीहरूले ‘सल्लल्लाहु अलैहि वसल्लम’ आदि शब्द उच्चारण गरी उहाँमाथि दरूद पठाउँदैनन्। दोस्रो: जसले रमजानको महिना त पायो, तर आज्ञापालन र उपासनाका कार्यहरूमा आफ्नै लापरबाहीका कारण क्षमा प्राप्त गर्न सकेन र रमजान महिना सकिएर गयो। तेस्रोः जसले आफ्ना बाबुआमालाई वृद्धावस्थामा पायो तर तिनीहरूको सम्मान र हक पूरा गर्ने कर्तव्य पूरा गरेन र फलस्वरूप स्वर्ग प्राप्त गर्न सकेन।