عن ابن عباس رضي الله عنهما قال: قال رسول الله صلى الله عليه وسلم:
«من اقتبَسَ علْمًا مِنَ النُّجُومِ اقْتبَسَ شُعبَة مِن السِّحرِ، زادَ ما زادَ».

[صحيح] - [رواه أبو داود وابن ماجه وأحمد] - [سنن أبي داود: 3905]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।"

[सही] - [अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 3905]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले तारा र नक्षत्रहरूको ज्ञान सिक्छ र तिनीहरूको चाल, प्रवेश र निकासले पृथ्वीमा हुने घटनाहरूमा के कति प्रभाव पर्छ त्यसमा विचार गर्छ, जस्तै जीवन, मृत्यु, रोग र भविष्यमा हुने कुराको बारेमा ज्ञान प्राप्त गर्छ । उसले जादूको एक भाग सिकेको छ र उसले जति धेरै यो ज्ञान प्राप्त गर्छ, जादूको बारेमा उसको ज्ञान त्यतिनै बढ्दै जानेछ ।

हदीसका केही फाइदाहरू

  1. ताराहरूको चाल हेरेर भविष्यवाणी गर्नु हराम हो, किनकि यो अदृश्यको ज्ञानको दाबी हो ।
  2. ज्योतिषशास्त्र (तारा हेरेर भविष्यवाणी गर्नु) पनि एक प्रकारको जादु हो, जुन तौहीदको विरुद्ध हो । जबकि दिशानिर्देश, किब्ला (नमाजको दिशा), ऋतु र महिनाहरूको आगमन थाहा पाउन तारा हेर्ने अनुमति छ ।
  3. जसले जति धेरै ज्योतिष विद्या सिक्छ, उसले त्यति नै बढी जादुका ज्ञानहरू सिक्दै जान्छ।
  4. ताराहरूका तीनवटा उपयोगिताहरु छन् जुन अल्लाहले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ: आकाशको सजावट, बाटो खोज्ने संकेतहरू र शैतानहरूलाई मार हान्ने माध्यम ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप