+ -

عن ابن عباس رضي الله عنهما قال: قال رسول الله صلى الله عليه وسلم:
«من اقتبَسَ علْمًا مِنَ النُّجُومِ اقْتبَسَ شُعبَة مِن السِّحرِ، زادَ ما زادَ».

[صحيح] - [رواه أبو داود وابن ماجه وأحمد]
المزيــد ...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिष सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।"

सही - इब्ने माजहले वर्णन गरेका छन्

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले तारा र नक्षत्रहरूको ज्ञान सिक्छ र तिनीहरूको चाल, प्रवेश र निकासले पृथ्वीमा हुने घटनाहरूमा के कति प्रभाव पर्छ त्यसमा विचार गर्छ, जस्तै जीवन, मृत्यु, रोग र भविष्यमा हुने कुराको बारेमा ज्ञान प्राप्त गर्छ । उसले जादूको एक भाग सिकेको छ र उसले जति धेरै यो ज्ञान प्राप्त गर्छ, जादूको बारेमा उसको ज्ञान त्यतिनै बढ्दै जानेछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. ताराहरूको चाल हेरेर भविष्यवाणी गर्नु हराम हो, किनकि यो अदृश्यको ज्ञानको दाबी हो ।
  2. ज्योतिषशास्त्र (तारा हेरेर भविष्यवाणी गर्नु) पनि एक प्रकारको जादु हो, जुन तौहीदको विरुद्ध हो । जबकि दिशा, किब्ला (प्रार्थनाको दिशा), ऋतु र महिनाहरूको आगमन थाहा पाउन तारा हेर्ने अनुमति छ ।
  3. जसले जति ज्योतिष सिक्छ, उसले त्यति नै बढी जादुका ज्ञानहरू सिक्छ ।
  4. ताराहरूका तीनवटा फाइदाहरू छन् जुन अल्लाहले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ: आकाशको सजावट, बाटो खोज्ने संकेतहरू र शैतानहरूलाई मार्ने माध्यम ।
थप