عن جابرٍ رضي الله عنه قال: سمعت النبي صلى الله عليه وسلم يقول:
«إِنَّ بَيْنَ الرَّجُلِ وَبَيْنَ الشِّرْكِ وَالْكُفْرِ تَرْكَ الصَّلَاةِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 82]
المزيــد ...

जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 82]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्ति र कुफ्र (अविश्वास) र शिर्क(बहुईश्वरवाद)को बीचमा फरक पार्ने कुरा नमाज छोड्नु हो भनेर फर्ज नमाज (अनिवार्य) छोड्ने विरुद्ध कडा चेतावनी दिनुभएको छ । किनभने नमाज इस्लामको दोस्रो स्तम्भ र निकै नै महत्त्वपूर्ण कर्तव्य हो । यसको फर्जियत (अनिवार्यता) लाई इन्कार र यसलाई परित्याग गर्ने व्यक्ति काफिर हो भन्ने कुरामा सम्पूर्ण मुस्लिमहरूको इज्मा (एकमत) रहेको छ । त्यसैगरी यदि कसैले आलस्यले गर्दा पूर्णतया नमाजलाई त्याग्यो भने ऊ पनि काफिर हो र यस विषयमा सहाबाहरूको इज्मा (एकमत) रहेको छ । तर यदि कसैले कहिलेकाहीँ नमाज पढ्छ र कहिलेकाहीँ छोड्छ भने ऊ उक्त कडा चेतावनीको हकदार हुने खतरामा हुनेछ ।

हदीसका केही फाइदाहरू

  1. नमाजको महत्त्व र यसलाई जोगाएर राख्नुपर्ने आवश्यकता, किनभने यो कुफ्र र इमानबीचको फरक हो।
  2. नमाज छाड्ने र यसलाई बर्बाद गर्नेहरूका लागि कडा चेतावनी ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (57)
थप