عَنْ ‌أَبِي حُمَيْدٍ أَوْ عَنْ ‌أَبِي أُسَيْدٍ قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«إِذَا دَخَلَ أَحَدُكُمُ الْمَسْجِدَ فَلْيَقُلِ: اللَّهُمَّ افْتَحْ لِي أَبْوَابَ رَحْمَتِكَ، وَإِذَا خَرَجَ فَلْيَقُلِ: اللَّهُمَّ إِنِّي أَسْأَلُكَ مِنْ فَضْلِكَ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 713]
المزيــد ...

अबू हुमैद वा अबू ओसैदले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 713]

व्याख्या

नबी सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो उम्मतलाई मस्जिदमा प्रवेश गर्दा यो दुआ पढ्न सिकाउनु भएको छ: (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) ("हे अल्लाह, मेरो लागि आफ्नो रहमतका ढोका खोलिदिनुहोस्")। यसद्वारा मानिसले अल्लाहसँग आफ्नो करुणा प्राप्त हुने कारणहरू सजिलो बनाइदिन अनुरोध गर्छ। त्यसैगरी मस्जिदबाट बाहिर निस्कँदा यो पढ्न : (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) अर्थात अल्लाहको अत्यधिक अनुग्रह र हलाल जीविकोपार्जनका लागि दुआ गर्नु पर्दछ ।

हदीसका केही फाइदाहरू

  1. मस्जिदमा प्रवेश गर्दा र बाहिर निस्कँदा उक्त दुआहरू पढ्नु मुस्तहब हो ।
  2. मस्जिदमा प्रवेश गर्दा दया र मस्जिद छोड्दा अनुग्रह विशेष रूपमा उल्लेख गरिएको छ । किनभने प्रवेश गर्ने व्यक्ति अल्लाह र स्वर्ग नजिक ल्याउने गतिविधिहरूमा संलग्न हुन जान्छ, त्यसैले दयाको उल्लेख अनुकूल थियो र जो बाहिर निस्कन्छ ऊ जीविकोपार्जनको खोजीमा सक्रीय हुन्छ, त्यसैले यहाँ अनुग्रह उल्लेख गर्नु उपयुक्त छ ।
  3. मस्जिदमा प्रवेश गर्ने र मस्जिद छोड्ने इरादा गर्दा यी दुवाहरु
  4. पढ्नुपर्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية البامبارية البنجابية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप