+ -

عَنْ ‌أَبِي قَتَادَةَ السَّلَمِيِّ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«إِذَا دَخَلَ أَحَدُكُمُ الْمَسْجِدَ فَلْيَرْكَعْ رَكْعَتَيْنِ قَبْلَ أَنْ يَجْلِسَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 444]
المزيــد ...

अबू-कतादह सलमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “
"तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 444]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मस्जिदमा प्रवेश गर्ने व्यक्तिले बस्नु अघि दुई रकात नमाज पढ्नुपर्छ भनेर प्रेरित गर्नुभएको छ । यद्यपि जुनसुकै समयमा र कुनै पनि उद्देश्यका लागि होस् र यी दुई रकातहरूलाई तहियतुल-मस्जिद भनिन्छ ।

हदीसका केही फाइदाहरू

  1. मस्जिदमा बस्नु अघि तहियतुल-मस्जिदको रूपमा दुई रकात नमाज पढ्नु मुस्तहब हो ।
  2. यो आदेश मस्जिदमा बस्न चाहनेहरूका लागि हो । तर जो मस्जिदमा प्रवेश गर्छ र बस्नुअघि नै निस्कन्छ भने ऊ यस आदेशको दायरामा पर्दैन ।
  3. मानिसहरूले जमातका साथ नमाज पढिरहेको बेला यदि कोही मस्जिदमा प्रवेश गर्छ भने उसले जमातमा सामेल हुनुपर्छ र उसले दुई रकात नमाज पढ्नु पर्दैन ।
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية
अनुवादहरू हेर्नुहोस्
थप