+ -

عَنْ ‌أَبِي هُرَيْرَةَ رَضِيَ اللهُ عَنْهُ: أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«صَلَاةٌ فِي مَسْجِدِي هَذَا خَيْرٌ مِنْ أَلْفِ صَلَاةٍ فِيمَا سِوَاهُ إِلَّا الْمَسْجِدَ الْحَرَامَ».

[صحيح] - [متفق عليه]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मेरो यो मस्जिदमा पढिएको एक सलाह, मस्जिद हरम बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार सलाह भन्दा उत्तम छ ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मस्जिदमा सलाह पढ्नुको सद्गुणहरू वर्णन गर्दै भन्नुभएको छ, मेरो मस्जिदमा पढिएको एक सलाह पृथ्वीको कुनै पनि अन्य मस्जिदहरूमा पढिएको एक हजार सलाहहरू भन्दा अफजल (उत्तम) छ । तर मक्काको पवित्र मस्जिद हरम बाहेक; किनभने मस्जिद हरममा नमाज पढ्नुको पुण्य योभन्दा धेरै उत्तम छ ।

अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर बंगाली टर्की सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. मस्जिद हरम र मस्जिद नबवीमा पढिने नमाजहरूको इनाम अन्य मस्जिदहरूमा पढिने नमाजहरू भन्दा धेरै गुणा बढी छन् ।
  2. मस्जिद-हरममा पढिने एक नमाज अन्य मस्जिदहरूमा पढिएका एक लाख नमाजहरू भन्दा उत्तम छ ।