عَنْ ‌مَحْمُودِ بْنِ لَبِيدٍ رضي الله عنه:
أَنَّ ‌عُثْمَانَ بْنَ عَفَّانَ أَرَادَ بِنَاءَ الْمَسْجِدِ فَكَرِهَ النَّاسُ ذَلِكَ، وَأَحَبُّوا أَنْ يَدَعَهُ عَلَى هَيْئَتِهِ، فَقَالَ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ: «مَنْ بَنَى مَسْجِدًا لِلهِ بَنَى اللهُ لَهُ فِي الْجَنَّةِ مِثْلَهُ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 533]
المزيــد ...

महमूद बिन लबीद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
उसमान् बिन अफ्फान (रजियल्लाहु अन्हु) मस्जिद (नबवी) को पुनर्निर्माण गर्न चाहन्थे, तर मानिसहरूलाई मन परेन । किनभने उनीहरू मस्जिदलाई पहिलेको अवस्थामा राख्न चाहन्थे । उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "जसले अल्लाहको लागि मस्जिद बनाउँछ, अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनु हुन्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 533]

व्याख्या

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मस्जिदलाई पहिले भन्दा अझ राम्रो तरिकाले पुनर्निर्माण गर्ने योजना बनाए, तर मानिसहरूले उनको यो योजनालाई मन पराएनन् । किनभने यसो गर्दा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा मस्जिद जुन अवस्थामा थियो, त्यही अवस्थामा रहन सक्ने थिएन। उहाँको पालामा मस्जिद माटोको इँटाले बनेको थियो र यसको छाना खजूरका हाँगाहरूले बनेको थियो । जबकि उस्मान (रजियल्लाहु अन्हु) ले यसलाई ढुङ्गा र चूनाले निर्माण गर्न चाहन्थे । मानिसहरूको असन्तुष्टि देखेर उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "जसले आफूलाई कपट र प्रसिद्धिको चाहनाबाट शुद्ध पारेर अल्लाहको खुशी प्राप्त गर्नको लागि मस्जिद बनाउँछ, अल्लाहले उसलाई उस्तै उत्कृष्ट इनाम दिनुहुनेछ । त्यो इनाम भनेको अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनुहुनेछ ।

हदीसका केही फाइदाहरू

  1. मस्जिदहरू निर्माण गर्ने प्रोत्साहन र त्यसको प्रतिफल र सद्गुण ।
  2. मस्जिदको विस्तार र पुनर्निर्माण पनि मस्जिद निर्माणको पुण्य अन्तर्गत पर्दछ ।
  3. सबै कार्यहरूमा इख्लास (इमानदारीता निष्ठा) को महत्त्व ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (59)
थप