हदीसहरूको सूची

जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा खलक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक हानीनोक्सानी बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।
عربي अंग्रेजी उर्दू
म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।
عربي अंग्रेजी उर्दू
कञ्जूस त्यो हो जसको अगाडि मेरो नाम लिइन्छ तर उसले ममाथि दया (दरुद) पठाउदैन।
عربي अंग्रेजी उर्दू
जसले खाना खायो र भन्यो: 'अल्हम्दुलिल्लाहिल्लजी अत्अमनी हाजा व रजक़नीहि मिन ग़ैरि हौलिन मिन्नी वला कुव्वह्' (सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यो खाना खुवाउनुभयो र मेरो कुनै शक्ति वा सामर्थ्य बिना नै मलाई यो प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा गरिनेछन् ।
عربي अंग्रेजी उर्दू
के म तिमीहरूलाई त्यो कुरा सिकाइदिऊँ, जुन तिमीहरूले माग गरेको सेवकभन्दा उत्तम छ? जब तिमीहरू आफ्नो ओछ्यानमा जान्छौ, तब ३३ पटक ‘सुब्हानल्लाह’, ३३ पटक ‘अल्हम्दुलिल्लाह’ र ३४ पटक ‘अल्लाहु अकबर’ भन्ने गर। यो कार्य तिमीहरू दुवैका निम्ति एउटा सेवक प्राप्त हुनुभन्दा धेरै उत्तम छ।
عربي अंग्रेजी उर्दू
यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर
عربي अंग्रेजी उर्दू
तिमीहरू हावालाई गाली नदेऊ। यदि तिमीले मन नपर्ने कुरा देख्यौ भने यसरी भन: हे अल्लाह, हामी यस हावाको भलाइ, यसमा भएको भलाइ, र जसको लागि यसलाई आदेश दिइएको छ त्यसको भलाइ माग्छौं। र र हामी यस हावाको हानी, यसमा भएको हानी, र जसको लागि यसलाई आदेश दिइएको छ त्यसको हानीबाट तिम्रो शरण माग्छौं।
عربي अंग्रेजी उर्दू
दुर्भाग्यग्रस्त हो त्यो मानिस जसको सामु मेरो नाम उल्लेख भयो तर उसले मलाई दरुद-सलाम पठाएन। दुर्भाग्यग्रस्त हो त्यो मानिस जसलाई रमजान प्राप्त भयो तर रमजान सकिनु अघि क्षमा प्राप्त गर्न सकेन। दुर्भाग्यग्रस्त हो त्यो मानिस जसले आफ्ना आमाबाबुलाई बुढेसकालमा पाए तर उनीहरूले उसलाई जन्नतमा प्रवेश गराउन सकेनन्।
عربي अंग्रेजी उर्दू